बेनी नगरपालिका-७,बिरेन्द्रचोकमा रहेको पिपलको रुख काटछाँट गर्दा लडेर एक जनाको मृत्यु भएको छ । पिपलको रुखको हाँगा काट्ने क्रममा लडेर गम्भीर घाईते भएका मालिका गाउँपालिका वडा नं २ रुमका थामबहादुर पुनको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो ।

मृतक पुनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो । जिल्लाको प्रशासनिक केन्द्र समेत रहेकाले सर्वसाधारणको धेरै चहलपहल हुने भएकाले रुखमा रहेका पुराना र भाँचिने अवस्थाका हाँगो काटछाँट गर्ने क्रममा अड्कीएको मुढा पल्टाउँदा एक्कासी खसेको प्रत्यक्षदर्शीको भनाई छ ।

‘एक्कासी आवाज आएपछि हेर्दा अचेत अवस्थामा देखियो,‘तत्कालै अस्पतालमा लैजादाँ चिकित्कसले मृत घोषित गरे’एक स्थानीयले भने ।जिल्ला प्रशासन, जिल्ला अदालत, जिसस सहित सरकारी कामका लागि आउने र गर्मी समयमा चौतारीमा भिड हुने गरेको थियो ।

विगतमा समेत रुखबाट खसेको हाँगोले सर्वसाधारणलाई चोट लागेपछि सम्भावित जोखिमलाई मध्यनजर गरी नगरपालिकाको कटान आदेशमा काट्ने क्रममा दुर्घटना भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल आसपासको क्षेत्र प्रहरीले सिल गरेको छ । पिपलको रुख आसपासका क्षेत्रमा पसल तथा निशुल्क खानेपानीको ट््याकी समेत रहेको छ । मृतक पुनको शव बेनी अस्पतालमा पोष्टमार्टम पछि थप कानुनी प्रक्रिया पुरा गरेर शव परिवारलाई जिम्मा लगाइने जनाइएको छ ।

Leave a Reply