म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखका एक पुरुषको जापानमा मृत्यु भएको छ । रोजगारको सिलसिलामा जापानको आईचि केन टोयोटा सिईमा रहेको कम्पनीमा विगत २१ वर्षदेखि कार्यरत रहनुभएका शिखका ४९ वर्षीय चमान सिंह पाईजा मगरको मृत्यु भएको हो । फेब्रुअरी १३ मा कम्पनीमा कार्यरत रहेकै अबस्थामा उहाँको मृत्यु भएको एनआरएनए आईसीसी सदस्य एवम म्याग्दी प्रवासी नेपाली संघ (मोना) आईसीसी (एसिया प्यासिफिक संयोजक)दीपक कार्कीले जानकारी दिनुभयो।

‘घटनाको जानकारी पाएलगत्तै पुगेको थिए,‘कम्पनी र प्रहरीसँग आवश्यक समन्वय भइरहेको छ’ कार्कीले भन्नुभयो । कार्कीको संयोजकत्वमा गैर आवासीय नेपाली संघ जापानका सचिव श्याम शितल ,गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय समिती नागोयाका संयोजक मनोज बम मल्ल र मोना जापान क्षेत्रीय समिती नागोयाका सचिव सागर थापा बगाले सहित कार्यरत कम्पनीमा उपस्थित भई कम्पनीका सञ्चाल र प्रहरीसंग समेत घटनाको विषयमा जानकारी लिनुभएको थियो ।

कम्पनीका सञ्चालकबाट प्राप्त जानकारी अनुसार विगत ५ वर्षदेखि मुटु रोगको समस्या भई नियमिती औषधि सेवन गरिरहेको भन्ने जानकारी प्राप्त भएको र शव अन्त्येष्टिको विषयमा आवश्यक प्रकिया पुरा गर्ने क्रममा रहेको मोना जापानलाई उद्धित गदैं हिरा बुढाथोकीले जानकारी दिनुभयो । जापानमा रोजगार, शिक्षाको सिलसिलामा पुगेका म्याग्देलीलाई समस्या परेमा मोना जापान लगायतका नेपाली संघसंस्थाको सहयोगले उपचार तथा अन्त्येष्टीमा सहज हुने गरेको छ ।

Leave a Reply