प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचिव पद्मा अर्यालले मिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्बन्धि कुनैपनि सम्झौतामा नेकपा एमालेको संलग्नता नरहेको बताउनुभएको छ ।

एमसीसी सम्झौता गर्ने विभिन्न सरकारमा समेत बर्तमान ‘सत्तारुढ गठबन्धनको संलग्नता रहेकाले संसदमा दर्ता भएको अवस्थामा सरकार बहुमतको भएको र पास गर्न चाहेमा सहजै पास हुने भएकाले तत्काल एमाले यस बारेमा बोल्न आवश्यक नभएको उहाँको भनाई छ ।

‘गठबन्धनसँग बहुमत छ पास गरे भयो’अर्यालले भन्नुभयो । एमसीसीका बारेमा एमालेलाई अनावश्यक विवादमा तान्ने प्रयास गरिएको बताउँदै एमाले सरकारका पालामा सम्झौताका कुनैपनि प्रक्रियामा हस्ताक्षर र सहभागी नभएको बताउनुभयो । एमसीस मा एमालेले आफ्नो पोजिशन क्लियर गरेपनि सत्तागठबन्धनकै जिम्मेबारी भएको बताउनुभयो ।

‘हाम्रो माग पुरा भएपछि एमसीसीमा बहस गर्न तयार छौ,‘एमालेले संसद्मा पेस गरेका माग पूरा भएपछि मात्रै नियमित बैठकमा हुन्छौ’ उहाँले भन्नुभयो । संसदमा दर्ता भएको एमसीसीमा आफ्नो पार्टीले धारणा स्पष्ट रहेकाले अनावश्यक हल्ला नगर्न समेत चेतावनी दिनुभएको छ ।

एमसीसीको विषयमा ‘सत्तारुढ गठबन्धनको रमिताले जनता प्रष्ट भएको अर्यालको भनाई छ । बुधबार प्रेस चौतारी नेपाल, म्याग्दीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अर्यालले सभामुख अग्निप्रसाद सापकोटाको अनुचित कार्य गरेकाले बाध्य भएर संसद अवरुद्ध गरेको बताउनुभयो ।

तत्कालिन नेकपा एमालेमा रहेका एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका सांसदहरुलाई पार्टीले कारबाही गरी संसदलाई जानकारी गराए पनि सभामुखले राजनीति गरेकाले निष्कासनको सूचना जारी गरेकै दिन बैठक अवरुद्ध जारी रहने बताउनुभयो ।

पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी अर्यालले सत्तारुढ गठबन्धनसँग एमाले एक्लै चुनाव लड्न तयार रहेको बताउनुभयो ।

सरकार अलोकतान्त्रिक र जनविरोधी भएकाले नै चुच्चे नक्सालाई गायब बनाएको बताउँदै जनताबाट एक्लिदै गरेको बताउनुभयो । नेकपा एमाले म्याग्दीको बैठकमा सहभागी हुन आएकी अर्यालले आफ्नो पार्टीले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा प्रष्ट बहुमत ल्याएर बाँकी अधुरा काम गर्ने बताउनुभयो ।

 

Leave a Reply