बेनी नगरपालिका–७,बिरेन्द्रचोकमा रहेको पिपलको रुख काटछाँट गर्ने क्रममा ज्यान गुमाउनुभएका एक मजदुरको परिवारलाई बेनी नगरपालिकाले काजक्रिया खर्च सहित क्षतिपुर्ती दिएको छ ।

बुधबार मृतक मालिका गाउँपालिका वडा नं २ रुम निवासी थामबहादुर पुनको आफन्त, नगरपालिकाका जनप्रतिनि सहित सरोकारवाला निकायको प्रतिनिधिको उपस्थितीमा नगरपालिकाले काजक्रिया खर्च सहित ७ लाख २५ हजार र एक छोरीलाई उच्च शिक्षासम्म आवश्यक छात्रृबृत्ति सहित निशुल्क पठनपाठनको सुविधा उपलब्ध गराउने निर्णय भएको हो ।

पिपलको रुखको हाँगा काट्ने क्रममा लडेर गम्भीर घाईते भएका उपचारको क्रममा बेनी अस्पतालमा मृत घोषित पुनलाई श्रम ऐन २०७४ दफा ९५५० उपदपा९३० अनुसार नै क्षर्तीपूर्ती उपलब्ध गराइएको बेनी नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले बताउनुभयो ।

त्यस्तै मृतकको परिवारलाई बिरेन्द्रचोक टोल सुधार समितिले समेत थप ५० हजार नगद राहत दिने प्रतिबद्धता जनाएको जिफन्ट म्याग्दीका सचिव अर्जुन रानाले जानकारी दिनुभयो । मृतकको परिवारलाई क्षतिपुर्ती दिने निर्णय र एक सन्तानको शिक्षा दिक्षाको जिम्मा सरकारले लिनु स्वागतयोग्य कदम भएको सचिव रानाको भनाई छ ।

जिल्लाको प्रशासनिक केन्द्र समेत रहेकाले सर्वसाधारणको धेरै चहलपहल हुने भएकाले रुखमा रहेका पुराना र भाँचिने अवस्थाका हाँगो काटछाँट गर्ने क्रममा अड्कीएको मुढा पल्टाउँदा एक्कासी खसेको अवस्थामा आगामी दिनमा जोखिमपूर्ण काममा अनिवार्य सुरक्षाको साम्रागी प्रयोगमा समेत सचेत गराउने बताइएको थियो ।

छलफलमा नगरपालिका उपमेर सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, वडा अध्यक्षद्धय राजेन्द्रकुमार श्रेष्ठ, रामकृष्ण बराईली, मगर संघ म्याग्दीकी अध्यक्ष डमायाँ पाईजा मगर लगायतको उपस्थिती रहेको थियो । छलफलमा मृतक पुनका आफन्तले प्रकाश माविमा कक्षा ११ मा अध्ययनरत छोरीलाई उच्च शिक्षासम्मको पठनपाठनमा कुनै समस्या नहुने गरी सहयोग गर्न जनप्रतिनिधिलाई अनुरोध गरेका थिए ।

 

Leave a Reply