रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीमा बिमा गरेका बिमितको मृत्यु पछिको दावी रकम मृतकको घरमै गएर भुक्तानी गरेको छ ।

बेनी नगरपालिका–९, नेप्टेचौरका बिमित भूपेन्द्र खत्रीको मृत्यु भएपछि उनले गरेको बिमा अङ्क एवं उक्त अङ्कको बोनससहितको रकमको चेक मृतककी श्रीमतीलाई हस्तान्तरण गरिएको हो ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी बेनी शाखा प्रमुख मुक्ति पौडेलले मृतकको घरमै पुगेर मृत्यु दावी भुक्तानीको प्रवन्ध मिलाएका थिए ।

मृतकको परिवारलाई बेनी नगरपालिका–९ का वडा अध्यक्ष बेलबहादुर चोखालले नगद चेक हस्तान्तरण गरेका थिए । मृतककी श्रीमती अमिता चोखाललाई १० लाख ३७ हजार पाँच सय रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

राष्ट्रिय माध्यमिक विद्यालय नेप्टेचौरकी प्रधानाध्यापक तारादेवी चोखालसहितको रोहवरमा वडा अध्यक्ष बेलबहादुर चोखालले चेक हस्तान्तरण गरेका थिए । गएको मंसिर २० गते घर नजिकै लडेर घाइते भएका भूपेन्द्र चोखालको उपचारका क्रममा मृत्यु भएको थियो ।

Leave a Reply