गण्डकी प्रदेश सरकारको व्यवसाय जीवनरक्षा कार्यक्रम अन्तरगत राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाबाट जिल्ला भित्रका १५ व्यवसायीलाई निर्ब्याजी ऋण लगानी गरिएको छ ।

विश्वभर फैलिएको कोभिड-१९ को महामारीको चपेटामा परेका ब्यवसायीलाई सहज हुने गरी गण्डकी प्रदेश सरकारले ल्याएको निव्र्याजि ऋण प्रवाह गर्ने व्यवसाय जीवन रक्षा कार्यक्रमबाट म्याग्दीका १५ व्यवसायीले सुविधा पाएको बैंकका शाखा प्रवन्धक नवराज ढुंगानाले बताउनुभयो ।

प्रदेश सरकारको समन्वयमा जिल्ला भित्रका १५ व्यवसायीलाई व्यवसाय जीवन रक्षा कार्यक्रम अन्तरगत एक करोड ६३ लाख रुपैंया निर्ब्याजी ऋण प्रवाह गरिएको छ ।

कोभिडको मारमा परेका म्याग्दीका साना व्यवसायी ८ जना, पर्यटन उद्यमी २ जना, सेवा क्षेत्रका ४ जना र यातायात क्षेत्रका एक जना गरी १५ जनालाई कुल एक करोड ६३ लाख रुपैंया निर्ब्याजी ऋण लगानि गरिएको शाखा प्रबन्धक ढुंगानाले बताउनुभयो ।

म्याग्दीकी प्रदेश (ख)की गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले कोभिडले गर्दा प्रवावित भएका व्यवसायीलाई व्यवसायीक सहयोग होस भन्ने हेतुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको क्याबिनेटले व्यवसाय जीवन रक्षा कार्यक्रम ल्याएको थियो ।

राष्ट्रिय बाणिज्य बैंकले गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा रहेका शाखाबाट अहिले सम्म एक सय २७ जनाले यो सुविधा लिएको राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेशका कर्जा प्रमुख सहदेव पौडेलले बताउनुभयो । पौडेलका अनुसार गण्डकी प्रदेश भित्र कुल १४ करोड ८३ लाख ५० हजार रुपैंया बिनाब्याज ऋण प्रवाह गरीएको छ ।

Leave a Reply