नेकपा एकीकृत समाजबादी म्याग्दीले बेनी नगरपालिकामा ५१ सदस्यीय नगर कमिटि गठन गरेको छ । शुक्रबार एकीकृत समाजबादी म्याग्दीले आयोजना नगर भेलाले मुक्ति बहादुर पाईजाको गठन भएको नगर कमिटीको उपाध्यक्षमा बसन्त बानियाँ, सचिवमा दिपक सापकोटा, उपसचिवमा विमला परियार रहेको ५१ सदस्यी कमिटी चयन गरेको एकीकृत समाजबादीका जिल्ला उपाध्यक्ष हेमराज शर्माले जानकारी दिनुभएको छ ।

जिल्ला अध्यक्ष विश्वकर्माले स्थानीय तहको निर्वाचित लक्षित गरेर पालिका कमिटी गठनलाई तिव्रता दिएको बताउनुभयो । बेनी नगरपालिकासंगै शनिबार धवलागिरी गाउँपालिकामा कमिटी विस्तार गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

जिल्ला अध्यक्ष कृष्ण विश्वकर्माले जिल्लाका सबै स्थानीय तह र वडास्तरमा संगठन विस्तारसँगै स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने बताउनुभयो । ‘पार्टीका गतिविधिलाई प्रभावकारी बनाउँदैछौ,‘हरेक बस्तीमा पार्टी पुग्दैछ’ अध्यक्ष विश्वकर्माले भन्नुभयो । नगर कमिटी गठन कार्यक्रममा गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य देउप्रसाद छन्त्याल, जिल्ला उपाध्यक्ष हेमराज शर्मा र सचिव दुर्गा कार्की लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply