स्थानीय तह निर्वाचनलाई लक्षित गरि म्याग्दीमा मतदाता नामावली अद्यावधिक गरिने भएको छ । निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्नका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक एवम् दावी विरोधको लागि कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ ।

मतदाता नामावलीमा रहको त्रुटि सच्याउने र वास्तविक मतदाताहरुको पहिचानका लागि अद्यावधिक अभियान सञ्चालन गर्न लागिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनभयो । अभियानलाई प्रभाबकारी बनाउन शुक्रवार बेनीमा कार्यालयले अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ ।

निर्वाचन आयोगमा तयार भएको फोटो सहितको मतदाता नामावलीमा मतदाताका नाम र विवरणमा हुनसक्ने दोहोरोपन र सबै प्रकारका त्रुटीहरु सच्याउनका लागि सबै वडा कार्यालयहरुमा नामावलीको विवरण टाँस गरिने जनाइएको छ । ंफागुन २० गतेदेखि २५ गतेसम्म अभियानकै रुपमा कार्यतालिका बनाएर मतदाता नमावली प्रकाशन, दावी विरोध सहितको अद्यावधिक गर्न लागिएको कार्यालयले जनाएको छ ।

म्याग्दीमा अहिले ७८ हजार ३१८ जनाको मतदाता नामावलीको विवरण संकलन भएको छ । अद्यावधिक अभियानका क्रममा मृत्यु भएका, दोहोरोपन भएकाहरुको हटाउने र नाम, थर उमेर लगायतका विवरणमा त्रुटी भएमा सच्याउन सकिने छ ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले निर्वाचनलाई स्वच्छ र मर्यादित बताउनका लागि वास्तविक मतदाताहरुको पहिचानका लागि समेत अद्यावधिक अभियानलाई प्रभाबकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक दल र सरोकारवाला निकायले समेत मतदाता नामावलीको अद्यावधिकलाई प्रचार प्रसारमा सघाउनुपर्ने बताउनुभयो

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले यस अघिको निर्वाचतमा मतदान गरेका नागरिकहरु अधिकाँशले फोटोसहितको मतदाता नामावलीको परिचयपत्र हराएको कारण आयोगले सबैलाई एक पटक परिचय पत्र उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको थियो ।

 

Leave a Reply