म अहिले बेनी नगरपालिका-४, सिङ्गा (रादीकुलो)मा बस्छु । गाउँकै धौलागिरी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दै छु। आमाबुबाले ज्यालामजदुरी गरेर कमाएको पैसाले घर खर्चमै सकिन्छ ।आफ्नो जग्गाजमिन नभएकाले अर्काको घरमा बसेका छौ । मेरो दाईले मुस्ताङमा निःशुल्क पढ्नुहुन्छ ।

दिदीलाई पढाई खर्च जुटाउनै नसकेर आमाबुबाले सानैमा विवाह गरिदिनुभयो । मलाई पढ्न चाहिने धेरै साम्रागी उहाँहरुको कमाईबाट किन्न सकिन्न । घरमा खानेकुरा नहुदााँ कहिल्यकाही त मागेर र अनि भोकभोकै पनि बस्नुपर्छ । मेरो बारेमा समाचार आएपछि अहिले पढ्ने पैसा जुटेको छ ।

निकै खुसी लागेको छ । मैले अब नियमित पढ्छु । मेरो जीवनको लक्ष्य डाक्टर बन्ने हो । यो लक्ष्य बनाएर मैले अहिले देखिनै पढाईमा मेहनत गरेको छु । म डाक्टर बन्न चाहन्छु। मलाई लाग्छ डाक्टर बनेपछि मेरो जस्तो समस्या भएकालाई उपचार गर्न पाउँछु । मलाई मेरो आमाले पनि डाक्टर बनेको हेर्न चाहेको बताउनुभएको छ । बुबाले त रक्सी खानुहुन्छ, हल्ला गर्नुहुन्छ, रोगी पनि हुनुहुन्छ ।

मेरो बुबालाई रोग लागेर घेरै खर्च भएको छ, घरखेत नै बेच्नुपरेको छ । रक्सी खाँदा बुबालाई धेरै रोग लागेको छ । उहाँको उपचारमा धेरै खर्च हुदाँ हामी भोकभोकै बसेको समेत मलाई याद छ । अहिले हामी सुकुम्बासी भएर बस्नुपरेको छ भन्नुहुन्छ आमाले पनि । डाक्टर बनेर पैसा पनि कमाउन चाहन्छु, गरिब, दिन दुःखी छन् र उनीहरुको स्वास्थ राम्रो छैन तर उनीहरुसँग उपचार गर्ने पैसा नभएर उपचार नगरिकन बसेको छ भने निःशुल्क उपचार गरिदिन्छु ।

परिवारलाई मात्र नभई मलाई सहयोग गर्ने सबैलाई खुसी पार्न चाहन्छु । हामी पैसा नभएकालाई नै धेरै रोग लाग्ने रहेछ । म जस्ता छोरीहरु डाक्टर बनेर सेवा गर्न पाएमात्रै लक्ष्य पुरा हुन्छ । मैले स्कुलमा अनि घरमा आएका सबैले सोध्ने क्रममा मेरो लक्ष्य डाक्टर बन्ने रहेको बताउने गरेको छु ।

अब म विस्तारै बोल्न अनि धेरै मेहनत गर्न सिक्छु । मलाई स्कु्लदेखि घर, अनि छिमेकमा पनि मायाँ गनुहुन्छ । म कक्षाको प्रथम हुँ । अब मलाई प्राप्त भएको सहयोगले कक्षा १२ सम्म पढ्न सजिलो भएकाले म माथि बोलेका कुराहरु पुरा गर्नेछु । म डाक्टर बन्न अहिलेदेखि नै मिहिनेत गरेको छु र अझै बढी मिहिनेत गर्ने छु।

नाम: सोनी थापा
कक्षा : ६
धौलागिरी मावि, सिंगा
बेनपा–४, सिंगा म्याग्दी

 

बेनी अनलाइनले बाल प्रतिभालाई प्राथमिकता दिएर संस्करण सुरु गरेको छ ।

 

Leave a Reply