गुणस्तरीय शिक्षाका लागि शिक्षक योग्य, सक्षम हुनुपर्ने म्याग्दीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । हरेक शिक्षकमा आफ्ना विद्यार्थीमा हुने विविधता अनुसार शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सक्षम हुनुपर्नेमा बक्ताहरुको जोड थियो ।

निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) म्याग्दीको आयोजना र एलाइड प्रकाशनको सहयोगमा बेनपा–४तातोपानीमा सम्पन्न भएको एक दिवशिय पेशागत विकास तालिममा प्रमुख अथिति शिक्षा विकास तथा समन्न्वय इकाइ प्रमुख दल बहादुर थापाले शिक्षक शैक्षिक क्रियाकलापमा अब्बल भए मात्रै विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि हुने भएकाले नियमित तालिमको समेत आवश्यकता रहेको बताउनुभयो ।

शिक्षकलाई दक्ष र अनुभवी बनाउन सेवाकालीन तालिम, अनुसन्धानमा आधारित शिक्षण सिकाइ,सूचना सञ्चार तथा प्रविधिमा आधारित अन्य वैकल्पिक कार्यक्रम लगायत गतिविधिले शिक्षकको पेशागत क्षमता विकास गर्न सहज हुने बताइएको थियो । एक दिवशिय पेशागत विकाश तालिममा पिस एजुकेशन प्रा लि काठमाडौंका इश्वर कुमार श्रेष्ठको प्रस्तुती रहेको थियो ।

तालिममा प्याब्सन प्रदेश कमिटि सदस्य कृष्णप्रसाद सुबेदी, पूर्व प्रदेश कमिटि सदस्यहरु, पूर्व प्याब्सन जिल्ला अध्यक्ष, प्याब्सन म्याग्दिका पदाधिकारी विद्यालय सन्चालक, प्रधानाध्यापक, शिक्षक तथा ब्यवस्थापन समितिका पदाधिकारी सहितको सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता प्याब्सन म्याग्दीका अध्यक्ष हिरा बहादुर पुन र सञ्चालन पूर्व अध्यक्ष राजु केसीले गर्नुभएको थियो । तालिममा ५६ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply