पर्वतको जलजला गाउँपालिका–७,मिलनचोकमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार अन्तर्राष्ट्रिय पर्वत समाजको आयोजना र जलजला गाउँपालिका ,पर्वत जिल्ला अस्पताल लगायत विभिन्न संघ संस्थाको समन्वयमा शिविर सम्पन्न भएको हो । शिविरमा विशेषज्ञहरुले सेवा दिएका थिए । शिविरमा स्त्रीरोग ,दन्तरोग र जनरल सम्बन्धी सेवा दिइएको आयोजकले जनाएको छ ।

शिविरबाट १७५ जना महिला र ४० पुरुषले सेवा लिएको समाजकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगिता कुँवर कार्कीले जानकारी दिनुभयो । निशुल्क स्वास्थ्य परिक्षण ,परामर्श र औषधी वितरण सम्बन्धी सेवा दिइएको थियो । शिविरमा स्त्रीरोग विशेषज्ञ डाक्टर अनु हिराचन ,धर्मा ढकाल ,दन्त चिकित्सक हेमन्त बाँस्तोला ,जनरल चिकित्सक कृष्ण सुवेदी ,जलजला गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजु बोहोरा लगायतले सेवा दिनुभएको थियो । जलजला गाउँपालिकाका मल्लाज,बाँसखर्क,लेकफाँट ,शालिजा ,धाइरिङ ,नाग्लीबाङ ,बनौ लगायत स्थानीयबासीहरुले सेवा लिएका थिए ।

आर्थिक समस्याका कारण अस्पताल पुग्न नसकेका ग्रामिण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविरको आयोजना गरिएको समाजकी नेपाल प्रतिनिधि मुना भुषालले बताउनुभयो । शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले शिविर आयोजना गरेकोमा समाजलाई धन्यवाद दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय पर्वत समाजले यस अघि पनि कोरोना रोकथाम तथा नियन्त्रण ,बाढी पहिरो लगायत विपद् व्यवस्थापन,स्वास्थ्य ,शिक्षा क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । नबिन जिसीले सञ्चालन गर्नुभएको उद्घाटन कार्यक्रममा पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले बोलेका बोल्नुभएको थियो ।

Leave a Reply