सौन्दर्यकला ब्यवसायी संघ म्याग्दीको अध्यक्षमा गंगा थापा कार्की चयन हुनुभएको छ । शनिबार बेनी बजारमा सम्पन्न १० औ बार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा पुनम खड्का,उपाध्यक्ष लजालु रोका, सचिव अस्मि महत, कोषाध्यक्ष सुस्मिता श्रेष्ठ,सहसचिव शिला कार्की, सदस्यहरू टिका राना,हेमा छन्त्याल,सोनिया राई,सुनिता केसी, मनु बानियाँ, आस्मा मगर, लिला पुन र विष्णु सुबेदी रहनुभएको छ ।

अधिवेशनको उद्घाटन गदैं प्रमुख अतिथि सरस्वती जिसीले व्युटिसियन पेशातर्फ आबद्ध हुनेहरुको संख्या बढ्दै जान थालेको अवस्थामा सीपमा समेत दक्ष हुनुपर्नेमा जोड दिनुभयो ।

संघकी संस्थापक अध्यक्ष संगिता श्रेष्ठले महिलाहरु विभिन्न सिपमूलक पेशा तथा व्यवसायमार्फत आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । कार्यक्रमको अवसरमा सदस्य मनु बानियाँ र शिला कार्कीले समेत मन्तब्य राख्नुभएको थियो ।

संघमा ३० जना आवद्ध रहेको जनाइएको छ । सौन्दर्यकला व्यवसायी संघकी निर्वतमान अध्यक्ष प्रमिला जोशी श्रेष्ठको अध्यक्षता, गंगा थापा कार्कीको स्वागत र अस्मी महतको सञ्चालनमा सम्पन्न भएको थियो । संघमार्फत स्थापनाकालदेखि विभिन्न रचनात्मक तथा सामाजिक कार्य गदैं आइरहेकाले आगामी दिनमा समेत आफ्नो सिप र पेशालाई थप अभिवृद्धि गर्ने विभिन्न तालिम सञ्चालन गदैं आइहरेको छ ।

 

 

Leave a Reply