बेनी नगरपालिकामा नेकपा (माओवादी केन्द्र ) पाटी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गठन गरिएको छ । नगरपालिकामा शनिबार अनेम संघको (क्रान्तिकारी) दोस्रो नगर ेभेलाले अम्विका ढुङ्गानाको नेतृत्वमा ३५ सदस्यीय कमिटी गठन गरिएको हो ।

संघको उपाध्यक्षमा संगिता परियार छन्त्याल, सुनिता सापकोटा, सचिवमा मैनकला राई (सोनिया), सह–सचिवमा पद्मा शर्मा, कोषाध्यक्षमा सविना भण्डारी रहेका छन्। भने, संघको सदस्यहरुमा राजकुमार परियार, विष्णु बोहोरा, राधिका रेग्मी, कुशुम पौडेल, लक्ष्मि सापकोटा, लक्ष्मि केसी, सुस्मिता विक, सुजता किसान, सुशिला परियार, तारा किसान, सोविता परियार, सजिना किसान, सीता किसान, सुप्रेणा किसान, माया केसी, पवित्रा किसान, कमला परियार, डिनिसा गिरी, अस्मिता छिनाल, सम्झना शर्मा सीता खत्री र चुन्नु घिमिरे रहेको अनेम संघ क्रान्तिकारीकी नेतृ ज्योती लामिछाने जानकारी दिनुभयो ।

अनेमसंघ क्रान्तिकारी नगर कमिटी अध्यक्ष ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) इन्चार्ज गोविन्द्र पोडेलले महिलाहरुलाई हरेक क्षेत्रको नेतृत्वको लागि अधिकार अनेमसंघ क्रान्तिकारीको पहलमा भएको बताउनुभयो । उहाँले माओवादी जनयुद्धले हरेक क्षेत्रमा महिलाको सहभागित अनिवार्य गरेको बताउदै नेतृत्वका लागि क्षमता विकास भेलामा उपस्थितलाई आग्रह गर्नुभयो ।

भेलामा अनेमसंघ (क्रान्तिकारी केन्द्रिय सदस्य एवम् नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समिति सदस्य ज्योति लामिछाने, माओवादी केन्द्र बेनी नगर समितिका अध्यक्ष शेरबहादुर केसी, अखिल क्रान्तिकारी म्याग्दीका उपाध्यक्ष भाईरथ पाण्डे लगायतको मन्तव्य रहेको थियो । नगर भेलामा नेतृ सुस्मिता बाँनियाको स्वागत एवम् विष्णु गौतम सापकोटाको संचालनमा सम्पन्न भएको थियो

Leave a Reply