मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको बिरोधमा संयुक्त आन्दोलन मोर्चाले म्याग्दीमा दैनिकजसो विरोध कार्यक्रम गरिरहेको छ । सदरमुकाम बेनीबजारमा जिल्ला प्रशासन कार्यालय अगाडी घेराउ र नारा जुलुस प्रदर्शनका साथै चोकचोमा आयोजित विरोध कार्यक्रममा एमसीसीलाई कुनैपनि हालतमा स्वीकार गर्न नसकिने बताइएको छ ।

विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, मोहन बिक्रम सिंह नेतृत्वको नेकपा मशाल लगायतका राजनीतिक दलले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै विरोध प्रर्दशनलाई जारी राखेका छन् ।

उनीहरुले एमसीसी देशका लागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै प्रदर्शन गरेका थिए ।प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिदैन, आमा बेच्न पाइदैन, एमसीसी चाहिदैन देश बेच्न पाइदैन लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव सेक्रेटरी दिपाले राष्ट्रिय स्वाधिकताको बिपरित रहेको एमसीसी कुनैपनि हालतमा मुलुकको हितमा नरहेकाले यसलाई खारेज गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका म्याग्दी अध्यक्ष छवि विश्वकर्माले अनुदानको नाममा अमेरिकाले नेपालमा हस्तक्षेप गरेको बताउनुभयो ।

नेकपाका जिल्ला नेता धुब्रलाल शर्मा, शिवकुमार श्रेष्ठले एमसीसी अनुमोदन गर्ने कम्यूनिष्ट पार्टीलाई अब टर्च बालेर खोज्नुपर्ने अवस्था आएको बताउनुभयो । प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिदैन, आमा बेच्न पाइदैन, एमसीसी चाहिदैन देश बेच्न पाइदैन लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । संयुक्त आन्दोलन मोर्चाले विरोध सहितका दबाबमुलक कार्यक्रम जारी रहेको जनाएको छ।

Leave a Reply