संसदबाट एमसीसी पारित हुने निश्चित भएपछि नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले सोमबार नेपाल बन्दको घोषणा गरेको छ । नेपाल सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी आज नै पारित गर्ने भएपछि त्यसको बिरोधमा भोलि फागुन १६ गते नेपाल बन्दको घोषणा गरेको नेकपा म्याग्दीले जनाएको छ ।

नेपाल बन्द बारे आइतबार साझँ विप्लवका कार्यकर्ताले बेनीबजारमा माईकिङ समेत गरेका छन् । नेपाल सरकारले भोलि अमेरिकी सहयोग परियोजना एमसिसि संसदमा पेश गरेको फागुन ४ गते समेत नेपाल बन्द गरिएको थियो । बन्दकर्ताले शैक्षिक संस्था लगायत विभिन्न सार्वाजनिक सेवा प्रदायक संस्थाहरुमा समेत बन्द सफल बनाउन अनुरोध गरेको छ भने प्रहरीले समेत बजार क्षेत्रमा सुरक्षा बढाएको जनाएको छ ।

एमसीसी सम्झौताको बिरोधमा संयुक्त आन्दोलन मोर्चाले म्याग्दीमा दैनिकजसो विरोध कार्यक्रम गरिरहेको छ ।  सदरमुकाम बेनीबजारमा जिल्ला प्रशासन कार्यालय अगाडी घेराउ र नारा जुलुस प्रदर्शनका साथै चोक-चोमा आयोजित विरोध कार्यक्रममा एमसीसीलाई कुनैपनि हालतमा स्वीकार गर्न नसकिने भन्दै कडा आन्दोलनको चेतावनी दिइएको थियो ।

अमेरिकी इण्डोप्यासिफिक रणनीति अन्तर्गत नेपालमा लागू गर्न खोजिएको एमसीसी कुनै पनि हालतमा लागू गर्न नदिईने बताएपनि सत्ता पक्षको सहमतिमा आजै पारित हुन लागेको छ ।

Leave a Reply