म्याग्दीको बेनी नगरपालिका–४,सुर्केमेलाकी एक महिला विगत २५ दिनदेखि सम्पर्कविहीन भएकी छन् । गत माघ २० गते सदरमुकाम बेनीमा उपचारका लागि जाने भन्दै घरबाट निस्किएकी २९ बर्षिया रिया पुन चोखाल सम्पर्कमा नरहेको परिवारले जनाएको छ । बेनीबजार गएपछि उतैबाट सम्पर्कविहिन भएकी श्रीमतीको खोजीकार्यमा लागि प्रहरीमा समेत निवेदन दिएको रमेश चोखालले बताए ।

‘बेपत्ता भएपछि खोजी गरेको छु,‘मलाई नै गायब बनाएको भन्दै तनाव समेत दिन्छन्,‘जहाँ भएपनि सम्पर्कमा मात्रै आए हुन्छ’ चोखालले भने । सवारीसाधनमा सहचालक रहेको चोखालले गाउँबाट घरमा आउँदा श्रीमती एक्कासी गायब भएपछि प्रहरीमा खोजीकार्यमा सहयोग गर्न अपिल सहित निवेदन दिएको बताए ।

घरमा १० बर्षिया छोरी र ८ बर्षको छोरा छन् । हराएको करिब करिब एक महिना बितिसक्दा पनि अहिलेसम्म कुनै जानकारी नहुनु र प्रहरीबाट समेत खवर नआएको चोखालले बताए ।

यता स्थानीय शिवालय आधारभुत विद्यालयमा सहायक विद्यालय कर्मचारी पदमा कार्यरत उनी विना सुचना विद्यालयमा अनुपस्थित भएकाले काममा बाधा परेको भन्दै फागुन २० गतेभित्र हाजिरी हुन अनुरोध सहितको सूचना सार्वजनिक गरेको विद्यालयका प्रधानाध्यापक खड्गबहादुर पुनले जानकारी दिए । पहिलो र दोस्रोपटक जारी गरेको सूचनाको मिति गुज्रिएमा अर्को कर्मचारी भर्ना प्रक्रिया अगाडी बढाउने जनाइएको छ ।

 

Leave a Reply