नेपाल बिजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन क्युपेक नेपाल म्याग्दीले बेनी नगरपालिकामा श्रम डेस्क स्थापनाका लागि माग गरेको छ । आइतवार क्युपेकका जिल्ला सचिव पूजा छन्त्याल र अध्यक्ष महा प्रसाद राईले बेनी नगरपालिकाका उप प्रमुख सञ्जु बरुवाललाई श्रम डेस्क स्थापनाको माग गर्दै सो सम्वन्धि कार्यविधि पेश गर्नुभएको हो ।

निर्माण तथा औपचारिक अनौपचारिक स्वरोजगार श्रम क्षेत्रमा काम गर्ने श्रमिकहरुको संख्या र अवस्थाको व्यवस्थित विवरण संकलन गर्न तथा श्रमिकलाई आइपर्ने समस्या समाधान लागि पालिकामा श्रम डेस्कको आवश्यकता महशुस भएको क्युपेक नेपालका जिल्ला अध्यक्ष राईले बताउनुभयो ।

श्रम र पूँजी तथा श्रमिक र रोजगारदाताविच असल श्रम सम्वन्ध कायम गरि सामाजिक सद्भाव सुनिस्चित गर्ने प्रयोजनाका लागि स्थानीय तहमा श्रम डेस्क स्थापना गरि संचालन र व्यवस्थापन गर्नुपर्ने माग सहित कार्यविधि तयार गरि पेश गरिएको जिफन्टका केन्द्रिय सदस्य वलादेवि राईले बताउनुभयो ।

क्युपेकले उक्त कार्यविधिलाई अध्ययन गरि यथाशक्य छिटो कार्यान्वयन प्रक्रियामा लैजान समेत नगरपालिकालाई अनुरोध गरेको छ । नगर उपप्रमुख सञ्जु वरुवालले श्रमिकको हित र सुरक्षाका निम्ती नगरपालिकामा श्रम डेस्क स्थापना हुन आवश्यक रहेको बताउँदै कार्यविविधलाई कार्यपालिकाको बैठकमा पेश गरि कार्यान्वयन प्रक्रियालाई अगाडी वढाईने बताउनुभयो ।

क्युपेक नेपाल म्याग्दीले यसअघि २०७३ सालमा जिल्ला प्रशासनमा, २०७४ र ०७५ मा नगरपालिकामा र २०७६ निमार्ण व्यवसायी महासंघमा कार्यविधि पेश गरिसकेको छ । गत माघ १७ गते मंगला गाउँपालिकामा कार्यविधि पेश गरिएको थियो। त्यसपछि मालिका र धौलागिरी गाउँपालिकामा पनि कार्यविधि पेश गरिएको अध्यक्ष राईले बताउनुभयो ।

तिनवटै पालिकाले कार्यविधिलाई कार्यान्वयनको प्रक्रियामा लगेका जानकारी आएको उहाँले बताउनुभयो । जिल्लाभर पन्ध्रसयको हाराहारीमा मजदुरहरुले श्रम गरिरहेका छन भने बेनी नगरपालिकामा मात्रै करिव वाह्र सयको हाराहारीमा मजदुरहरु रहेको जिफन्ट म्याग्दीले जनाएको छ ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, जिफन्ट म्याग्दीका अध्यक्ष बलादेवि राई लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply