स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको उत्कृष्ट स्वास्थ्य  सेवा पुरस्कारबाट बेनी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा जितेन्द्र कँडेललाई सम्मान गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट डा. जितेन्द्र कँडेललाई  २४ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा बेनी अस्पतालमा कार्यरत डा. कँडेललाई एक लाख रुपैयाँ राशीको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित गरेको हो।

बेनी अस्पतालमा विभिन्न सेवा विस्तार सहित अस्पतालको अलपत्र भौतिक संरचना निर्माणमा ताकेता सहित उत्कृष्ट कार्यसम्पादनका आधारमा पुरस्कृत गरिएको हो ।

यता बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुबेदीले अस्पतालका प्रमुख कँडेलले े उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्राप्त गरेको खवरले उत्साहित भएको बताउनुभयो । बेनी अस्पतालमा रहेर काम गरेको मुल्याङ्कनले भविस्यमा समेत आर्कषणसँगै सेवा थपमा सघाउने विश्वास अध्यक्ष सुबेदीको छ । सम्मानित हुनुहुने डा. कँडलले सम्मानले जिम्मेबारी थपिएको बतानुभयो ।

Leave a Reply