नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ धौलागिरी गाउँपालिका कमिटिको प्रथम भेला सोमबार मुनामा सम्पन्न भएको छ । भेलाले अमृता भण्डारीको अध्यक्षतामा ५३ सदस्यीय अनेमसंघ धौलागिरी गाउँपालिका कमिटि गठन गरेको छ । नवनिर्वाचित अनेमसंघ पालिका कमिटिको बरिष्ठ उपाध्यक्षमा शुभादेवि पूर्जा, उपाध्यक्षमा लालमाया पूर्जा, सचिवमा हरिकला थापा, कोषाध्यक्षमा मन कुमारी लाम्गाडे रहनुभएको छ ।

त्यस्तै कमिटिको उपसचिवमा सरिता पुन, तिल कुमारी केसी र बाल कुमारी विश्वकर्मा चयन हुनुभएको छ ।
अनेमसंघको प्रथम पालिका भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले म्याग्दीका उपसचिव एवँ धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले महिलाहरु घरधन्दामा मात्रै सिमित नरही गाउँ र समाजको बिकास र परिर्वतनका निम्ती घर वाहिर निस्कन आवश्यक रहेको बताउनुभयो ।

नेतृत्व तहमा पुग्न महिलाहरु पनि सक्षम हुनुपर्ने उहाँको भनाई थियो । अखिल नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष समेत रहनुभएका पुुनले नेतृत्व र क्षमताको विकास गर्दै अनेमसंघको राजनैतिक यात्रामा सहयात्रा गर्न सम्पुर्ण महिला दिदीबहिनीहरुलाई अनुरोध गर्नुभयो ।

भेलामा नेकपा एमाले धौलागिरी गाउँपालिका कमिटि अध्यक्ष होम बहादुर थापा, सचिव रेशम छन्त्याल, नेता देव बहादुर थापा, तिल कुमारी केसी, र वालकुमारी बिश्वकर्माले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।भेला अनेमसंघ धौलागिरी गाउँपालिका संयोजक शुभादेवि पूर्जाको अध्यक्षता, अमृता भण्डारीको स्वागत र हरिकला थापाको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply