म्याग्दीको मालिका गाउँपालिका-७ बिमको प्राचिनस्थलको प्रचारप्रसार र संरक्षणमा स्थानीयबासी जुटेका छन् । बिमको प्रभुचेला धुरीको नामले चिनिने ऐतिहासिक तपोस्थललाई धार्मिक तथा पर्यटकीय गन्तब्य बनाउन पलबीर जुग्जालीको अध्यक्षतामा प्रभुचेला ध्यानाश्रम निर्माणार्थ प्रभुचेला ध्यानाश्रम तदर्थ समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा बुद्धिबहादुर जुग्जाली, सचिव खिमबहादुर जुग्जाली,सहसचिव लक्ष्मण गौतम, कोषाध्यक्ष कलिप्रसाद जुग्जाली,सहकोषाध्यक्ष ओममाया जुग्जाली रहनुभएको छ । समितिको सदस्यहरूमा कृष्णमाया जुग्जाली,तुकलाल पुनका साथै स्थानीय हिराजित युवा क्लब, हिमाली युवा क्लब, बिमबाङ युवा क्लब, साइनिङ्ग युवा क्लब, र जन्मभूमि युवा क्लबका प्रतिनिधि सदस्य रहेको समिति बनाइएको छ ।

समितिको सल्लाहकारमा कदबहादुर जुग्जाली,रत्नप्रसाद पुन, वडा अध्यक्ष रेशम जुग्जाली (सुविन),दल सेर्बुजा,गोपाल पौडेल, गमप्रसाद जुग्जाली, मिमबहादुर जुग्जाली, छकप्रसाद पाईजा, जंगबहादुर गर्बुजा, वेगप्रसाद गर्बुजा रहनुभएको छ ।

बिममा रहेको प्रभुचेला धुरी र स्वर्गाद्धारी क्षेत्र बिचको सहकार्य र अभियानलाई जोड्न योग गुरु नवीन जुग्जाली संयोजक र सहसंयोजक रुविन जुग्जालीलाई चयन गरिएको छ । समुन्द्र सतहदेखि करिब २४ सय मिटर उचाईमा अवस्थित प्रभुचेला धुरीको खोज तथा अनुसन्धानको सिलसिलामाम करिब २ वर्ष अघि स्वर्गद्वारी आश्रम प्युठानमा पुगिएको थियो ।

स्वर्गद्वारी आश्रमबाट गत फागुन १० मा स्वामी. डा. श्री रुद्रानन्द ब्रह्माचारी स्वामी कमल गौतम र स्वामी अजित धितोलज्यूहरु बिम गाउँको प्रभुचेला धुरीमा पुगेर स्थलगत अध्ययन र अवलोकन गर्नुभएको थियो ।

करिब ११५ वर्ष अघि बालतपस्वी चैतन्य महाप्रभुका परमशिष्य कपिलानन्द स्वामीजीले ईस्वी सन् १९७० तिर यही स्थलमा आई तपस्या गरेको ऐतिहासिक तथ्य भेटिएपछि डा. रुद्रानन्द ब्रह्मचारीज्यूको प्रमुख अध्यक्षतामा आध्यात्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियानको घोषणा भएको जनाइएको छ।

Advertisement 

Leave a Reply