मुटु रोगी म्याग्दीको बेनी नगरपालिका-१०,पात्लेखेतका दलित अगुवा याम किसानको उपचारमा अष्ट्रेलियामा रहेका म्याग्देलीले ९० हजारभन्दा बढी आर्थिक सहयोग गरेका छन् । बेनी विरेन्द्रचोक घर भई हाल अष्ट्रेलिया रहेका हिक्मत श्रेष्ठको अगुवाईमा संकलन भएको ९२ हजार ६१० रुपैयाँ संककलन गरी र्सिजना भट्टचन र जेनेश श्रेष्ठले याम किसान उपचार अभियानका उपसंयोजक लालु किसान, सचिव अमित विश्वकर्मा, कुमार किसान लगायतको उपस्थितिमा हस्तान्तरण गर्नुभएको छ ।

काठमाण्डौको टिचिङको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भई अप्रेसनको तयारीमा रहनुभएका किसानलाई आर्थिक अभाव भएकोे जानकारी पछि सहयोग जुटाएको संयोजकर्ता श्रेष्ठल बताउनुभयो । पिडित किसानको मुटुको ३ वटा भल्बमा समस्या देखिएपछि विगत दुई सातादेखि अस्पतालमा चिकित्सकको निगरानीमा रहनुभएको छ ।

सानै उमेर देखि मुटुमा सामान्य समस्या देखिएको किसानले स्वास्थ्य समस्या बढ्दै गएपछि २०७५ सालमा समस्या पहिचान भएपछि औषधी सेवन गदैं आउनुभएकोमा झन जटिल भएपछि चिकित्सकको सुझाव अनुसार नै एनजियोग्राफी गरी सल्यक्रिया गरिने छ । पीडित किसानको १ भल्ब साँघुरो भएको र अर्को भल्बमा प्वाल परेको छ । किसान उपचार अभियानले आर्थिक सहयोग गरी मानवीय सेवामा साथ दिन अपिल समेत गरेको छ ।

Leave a Reply