अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मानवअधिकार एलायन्स म्याग्दीको अध्यक्षमा पौडेल

On: March 5, 2022 12:40 PM
Follow Us:
---Advertisement---

राष्ट्रिय मानवअधिकार तथा समाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) म्याग्दी शाखाको शुक्रवार सम्पन्न चौंथो जिल्ला अधिवेशनबाट दीपक पौडेल निर्विरोध चयन भएका छन । नवनिर्वाचित जिल्ला समितिको उपाध्यक्षमा कमला बानियाँ थापा, सचिवमा दिलु विटालु, सहसचिवमा विवा रोका मगर, कोषाध्यक्षमा सुमित्रा खत्री क्षत्री चयन भएका छन ।

त्यसैगरी सदस्यमा हितमायाँ जुग्जाली, खुमबहादुर किसान, नेकसरा पुन, विमला शेरपुञ्जा, भुलकुमारी रोका, भीमबहादुर रिजाल, पी. रेग्मी चयन भएको एलायन्सका नवनिर्वाचित अध्यक्ष दिपक पौडेलले बताए।

जिल्ला अधिवेशनकाे एक कार्यक्रमका विच नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले उद्घाटन गरे । अधिवेशन उद्घाटनमा एमाले जिल्ला सचिव सुरत केसी र धवलागिरी गाउँपालिका अध्यक्ष तथा एमाले जिल्ला उपसचिव थमसरा पुनले शुभकामना दिएका थिए ।