यूवाहरूको नेतृत्व र ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीज उत्कृष्ट शाखाबाट सम्मानित भएको छ । काठमाण्डौमा शनिबार भएको नेपाल जेसीजको क्षेत्र (ख) लोम अफिसर एकेडेमीमा फेब्रअरी महिनामा उत्कृष्ट कार्यक्रम गरेकोमा म्याग्दी जेसीजलाई उत्कृष्ट शाखाको सम्मान गरिएको हो । नेपाल जेसीजका लालमणी भण्डारी र कार्यकारीणी उपाध्यक्ष सुनिल तिमिल्सिनाले म्याग्दी जेसीजका अध्यक्ष सन्दिप खत्रीलाई प्रमाणपत्रले सम्मान गरेका थिए ।

म्याग्दी जेसीजको अध्यक्षमा चयन भएपछि खत्रीले सदरमुकाम बाहिर रहेका यूवाहरूलाई विभिन्न कार्यक्रम मार्फत सचेतना फैलाउने, पर्यटकीयस्थलको प्रचारप्रसारका साथै विभिन्न सामाजिक कार्य गरेको थियो । सम्मानपछि अध्यक्ष खत्रीले आफ्नो बाँकी कार्यकालमा समेत जिल्लाभित्र विभिन्न रचनात्मक कार्य गर्ने प्रतिबद्धता जनाए । सदमुकाम बेनी आसपासमा सिमित हुने जेसीजका गतिविधि पछिल्लो समय जिल्लाका पर्यटकीयस्थलको प्रर्बधन, शिक्षा, स्वास्थ्य लगायतका सामाजिक कार्यमा केन्द्रित हुन थालेको छ ।

Leave a Reply