नेपाल शिक्षक संघ मालिका गाउँपालिका कार्यसमितिको अध्यक्षमा दिवाकर सुबेदी निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार दरबाङमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट जनप्रिय माविका प्रअ सुबेदी सर्वसम्मतले अध्यक्षमा चयन हुनुभएको हो।

समितिको महिला उपाध्यक्ष गंगा घर्ती, उपाध्यक्ष पोष्टबहादुर विक, सचिव मिनबहादुर सुनार,अर्थ सचिवमा कृष्ण पुन, सहसचिव बिरबहादुर खड्का,सहसचिव महिला अरुणा पाईजा,सहसचिव अर्थ दिपेन्द्र जिसी,सह–सचिव समावेशीमा गगन रोका,सह–सचिव समावेशीमा रेशमबहादुर नेपाली रहनुभएको छ ।

अधिवेशनबाट कार्यसमिति सदस्यमा रामकुमारी पुन, निलसरा फगामी पुन,श्रीमया रोका,जिवनकुमार पुन,सन्तोष पुन,रुमदेवी पुन ललित पुन, चन्द्रकली सापकोटा, किरण घर्ती,खड्ककुमारी गौचन,राजेन्द्र विक,रुकमायाँ घर्ती, केशरी घर्ती र नारायण भट्टराई रहेको निर्वतमान अध्यक्ष गोपाल रेग्मीले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन गदै नेपाली कांग्रेस म्याग्दीका उपसभापति एवम् नेपाल शिक्षक संघ म्याग्दीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले शिक्षकले गुणस्तरीय शिक्षासँगै पेशागत संघसंस्थामा समेत आवद्ध भएर रचनात्मक काम गर्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा नेपाली कांग्रेस प्रदेश ख सभापति टंंक पुन, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, शिक्षक संघ म्याग्दीका अध्यक्ष नगेन्द्र खत्री र निर्वतमान अध्यक्ष दुर्गाराम सुबेदीले मन्तब्य राख्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष सुबेदीले पालिका भित्रका शिक्षकहरु बिच सहकार्य र एकतासँगै आफ्नो कार्यकालमा विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

Leave a Reply