नेपाल शिक्षक संघ अन्नपूर्ण गाउँपालिका कार्यसमितिको अध्यक्षमा केदार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट शिख माविका प्रअ कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको महिला उपाध्यक्ष चुनकुमारी खोरजा, उपाध्यक्ष बुद्धिबहादुर पुर्जा पुन, सचिव बेलबहादुर बरुवाल,अर्थ सचिवमा सुर्दशन रन्तिजा, सहसचिव बिनोद तिवारी,अर्थ सहसचिव लिलाध्वज खड्का,सह–सचिव समावेशीमा चन्द्रबहादुर दमाई ,सह–सचिव महिला प्रिया फगामी रहनुभएको छ ।

अधिवेशनबाट कार्यसमिति सदस्यहरूमा देउकुमारी तिलिजा जौमायाँ पुर्जा नरिमायाँ गर्बुजा हिरा पुर्जा, लोक बहादुर फगामी, रस्मी खड्का, दिनेश शर्मा, लोकबहादुर बरुवाल, शावित्री बरुवाल र बालकुमारी दर्जी चयन हुनुभएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन गदैं नेपाली कांग्रेस म्याग्दीका कोषाध्यक्ष अमृतमान शेरचनले सामाजिक ,राजनितिक परिवर्तजनका लागि शिक्षकको भुमिका महत्वपुर्ण भएको बताउनुभयो । शिक्षक समाजको अगुवा भएकाले समाजमा भएका हरेक कुरिती ,अन्धविश्वास र विकृतीलाई निरुत्साहित गर्दै सुन्दर समाज गर्न निर्माणमा जोड दिनुभयो ।

अधिवेशनमा सहभागी अतिथिले आगामी निर्वाचन सफल बनाउन शिक्षकहरुको भुमिका महत्वपुर्ण भएको बताउनुभएको थियो । सोही अवसरमा अन्नपूर्ण गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष कृष्णबहादुर बरुवाल, शिक्षक संघका गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष केशबप्रसाद रेग्मी, शिक्षक संघ म्याग्दीका सचिव गजेन्द्र श्रेष्ठ लगायतले सफलताको शुभकामना व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष कार्कीले बालबालिकाको सुन्दर भविश्य निर्माणसँगै पेशागत गतिविधिलाई समेत निरन्तरता दिने बताउनुभयो ।

Leave a Reply