नेपाली कांग्रेस म्याग्दीले स्थानीय तहको निर्वाचन लक्षित प्रशिक्षण तथा घरदैलो अभियानलाई तिब्रता दिएको छ । जिल्लाका सबै स्थानीय तहको टोल–टोलमा पुगेर पुगेर चुनाव लक्षित प्रशिक्षण दिइरहेको छ । पालिकास्तरबाटै भइहरेको अभियानमा जिल्लाबाट नेताहरू परिचालन गरिएको जिल्ला सचिव हिरा पुनले बताउनुभयो । ‘जिल्लाको अर्को कार्यक्रम तय भएको छ,‘अहिले पालिकाबाटै अभियान जारी छ’ सचिव पुनले भन्नुभयो ।

वडास्तरमा रहेका पार्टीको संगठनलाई परिचालन गर्ने, निर्वाचन लक्षित योजनाहरूमा केन्द्रित भएर रघुगंगा भित्रका ८ वटै वडामा पहिलो चरणको प्रशिक्षण सकिएको रघुगंगा गाउँ समितिका अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।  जिल्ला कार्यसमितिको बैठक तथा निर्वाचन लक्षित अभियानसँगै यसै महिनाको अन्तिम साता बैठक समेत रहेको छ । जिल्लाको सबै स्थानीय तहमा फरक–फरक समुह रहेको पार्टीले जनाएको छ।

 

Leave a Reply