मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा बालमैत्री स्थानीय शासन सम्वन्धी अन्तरक्रिया गरिएको छ। सामाजिक कार्यालय म्याग्दीको आयोजना र मंगला गाउँपालिकाको समन्वयमा वडाअध्यक्ष, वडासचिव, विद्यालयअन्तरगत बालक्लवका पदाधिकारी, स्वाथ्यकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थितमा बालमैत्री स्थानीय शासन सम्वन्धी अन्तरक्रिया भएको हो ।

अन्तरक्रिया कार्यक्रममा मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले विद्यालय अन्तरगत आधारभूत तहमा पढ्ने विद्यालयलाई दिवा खाजाको ब्यवस्था गरिएको बताउनुभयो । बालमैत्री मैत्री स्थानीय तह बनाउनका लागि ‘बाल क्लव संजाल कार्यविधि २०७८’ कार्यपालिकाबाट निर्माण गरिएको बताउनुभयो ।

पालिकामा बालबालिकालाई सबै प्रकारका हिंसा, दुव्र्यबहार र शोषणबाट मुक्त गराउने उद्देश्यले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार स्थानीय तहको नीति, संरचना र व्यवहारमा बालमैत्री समाज निर्माणमा जनप्रतिनिधि, कर्मचारी, युवा क्लव र विद्यालयलाई सक्रिय बनाउन अन्तरक्रिया आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रमको सहजीकरण नगरपालिकाका अधिकृत युवराज थापाले गर्नुभएको थियो । स्थानीय तहका संचालनका दक्ष जनशक्ति उत्पादनका लागि बालमैत्री सूचकहरुलाई प्रभावाकारी कार्यान्वयनका लागि पालिका जनप्रतिनिधि, कर्मचारी, शिक्षक अभिभावक सक्रिय बनेर लगानी बढाउन सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले उपस्थितलाई आग्रह गर्नुभएको थियो ।

पालिकामा बालबालिकालाई सबै प्रकारका हिंसा, दुव्र्यबहार र शोषणबाट मुक्त गराउने उद्देश्यले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार स्थानीय तहको नीति, संरचना र व्यवहारमा बालमैत्री समाज निर्माणमा जनप्रतिनिधि, कर्मचारी, युवा क्लव र विद्यालयलाई सक्रिय बनाउन अन्तरक्रिया आयोजना गरिएको थियो ।

बालमैत्री शासनसम्वन्धी वडा वा पालिका घोषणा गराउन न्युनतम ५१ सूचकलाई कार्यान्वयनमा सामाजिक विकास कार्यालयले जोड रहेको थियो । मंगलाका सामाजिक विकास अधिकृत राजेन्द्र आचार्यले पालिकाका रहेका ४० विद्यालयको बालविकास केन्द्रमा अध्ययनरत बालबालिकाहरुलाई दुधको ब्यवस्था गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय पब्लिक हेल्थ नर्स दुर्गा शर्माले मंगला गाउँपालिकामा बालमैत्री स्थानीय शासन घोषणामा पुरा गर्नुपर्ने न्युनतम ५१ सूचकहरुमा रहेर मंगला गाउँपालिकाको स्वास्थ्य अवस्था र सूचकहरु कार्यान्वयनबारे जानकारी गराउनुभएको थियो । अन्तरक्रिया कार्यक्रमको सहजीकरण सामाजिक विकास कार्यालयका योजना अधिकृत बाबुराम आचार्यले गर्नुभएको थियो ।

Leave a Reply