File photo

म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित प्रकाश माविमा कक्षा १० का विद्यार्थीलाई कुटपिट गरिएको घटनामा दुबै पक्ष बीच सहमति भएको छ । गएको फागुन १३ गते कक्षा कोठामा होहल्ला गदै शिक्षकलाई कागजले हानेको भन्दै शिक्षक नविन घिमिरेले राजन पौडेललाई निर्घात कुटपिट गरेको घटना पीडित पक्ष सहित वडा प्रतिनिधि, शिक्षक संघ, विद्यालय प्रशासन र पीडित पक्षबीच आइतबार विद्यालय भित्र सहमति भएको हो ।

विद्यालयका निमित्त प्रअ लेखबहादुर हमाल र पीडित विद्यार्थीका बुबा भिमप्रसाद पौडेल बिच घाइते विद्यार्थीको उपचार खर्च व्यहोर्ने, कक्षा १२ सम्म निशुल्क पढाउने, कुटपिटको क्रममा देब्रे करङको ७ र ८ मा लागेको चोटका कारण भविस्यमा हुने समस्या देखिएमा उपचार गर्ने,आगामी दिनमा यस्ता घटना नदोर्होयाउने लगातयतको लिखित प्रतिबद्धता जनाइएको पीडितका आफन्त यामनाथ कँडेलले बताउनुभयो ।

‘घटनालाई लम्बाउने पक्षमा दुबै थिएनौ,‘यो घटनाबाट विद्यार्थीलाई कुट्न हुदैन भन्ने सबै शिक्षकलाई सिकाई भएको छ’पौडेलले भन्नुभयो । घाईते विद्यार्थी उपचार तथा शरीरमा लागेको चोटका कारण अभिभावक र विद्यालयकै शिक्षकको उपस्थितिमा दुईपटक पोखराको अस्पताल, धौलागिरी अस्पताल बागलुङ र पटक–पटक बेनी अस्पतालमा चेकजाँच समेत गरिएको थियो ।

चेकजाँचको क्रममा रिर्पोट फरक–फरक आएपनि कुटाइबाट भित्रैसम्म चोट पुगेको भन्नेमा दुबै पक्ष सहमत भएकै कारण घटनालाई थप बल्झिन नदिने गरी सहमति भएको जनाइएको छ ।

सहमतिको क्रममा शिक्षक घिमिरेले कक्षा कोठामा विद्यार्थीले ढुंगाजस्तै हालेर प्रहार गरेपछि संलग्नको पहिचान गर्न खोज्दा भएको गल्तीलाई शिक्षाको रुपमा लिएको बताउनुभयो ।  ‘घटनाले म पनि दुखी भएको छु,‘आगामी दिनमा यस्ता घटना नदोर्होयाउने प्रतिवद्धता ब्यक्त गर्दछु’ घिमिरेले भन्नुभयो । घटनालाई सहमतिमै टुंगाइएको विद्यालय प्रशासनले जनाएको छ।

छलफलमा बेनपा–६ वडा अध्यक्ष कृष्णसिङ बानियाँ, नेपाल विद्यार्थी संघका सभापति निर्मल खत्री, विब्यस सदस्य सरला सुबेदी, शिक्षक अभिभावक संघका अध्यक्ष दिनेश शर्मा, पिडित विद्यार्थीका आफन्त यामनाथ सुबेदी,रिषिकेश तिवारी,समेत उपस्थिती रहेको थियो ।

कक्षा कोठामा पौडेल सहित कक्षा कोठामा ५ जना विद्यार्थीलाई कुटपिट गरेका थिए। कुटाइ खाएका विद्यार्थीमा सबैभन्दा गहिरो चोट पौडेलमा देखिएको थियो । घाईते विद्यार्थीको विगत ९ दिनदेखि विद्यालयमा गएका छैनन् । एसइई नजिकै आइसकेको अवस्थामा पौडेललको नियमित पढाई, अतिरिक्त कक्षा समेत रोकिएकाले विद्यालयले पठनपाठनलाई सहज गराउने जनाएको छ ।

Leave a Reply