म्याग्दीको मंगला गाउँपालकाले अपाङ्गता परिचय पत्र वितरण तथा नविकरणलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको छ । अपाङ्ता भएकाले प्राप्त गर्ने सुविधामा कुनैपनि अभाव महसुस हुन नदिने गरी गाउँपालिकाले गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिको परिचय वितरण कार्यविधि २०७५ बमोजिम नियमित सेवा दिइरहेको सामाजिक विकास शाखाका अधिकृत राजेन्द्र आचार्यले बताउनुभयो ।

‘अपाङ्गता भएका सबै उत्साहित हुनुहुन्छ,‘हामीले सेवालाई सहज र प्रभावकारी रुपमा वितरण गरिरहेका छौ’ आचार्यले भन्नुभयो ।

उहाँका अनुसार हालसम्म ९८ जनालाई वितरण गरिएको छ । अपाङ्गगता परिचय पत्र वितरण सम्वन्धी स्थानीय समन्वय समितिले ८ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरेको छ । क बर्गको २ वटा, ख बर्गको २ वटा र घ बर्गको ४ वटा वितरण गरिएको छ ।

उपाध्यक्ष सिर्जना केसीको नेतृत्वमा रहेको ७ सदस्यीय समितिले निवदेनको आधार समितिको निर्णय अनुसार स्वास्थ्य अवस्था अनुसारको परिचयपत्र वितरण मंगला गाउँपालिकाले गरेको छ ।

जटिल अवस्थाका अशक्त ब्यक्तिलाई आफ्नो नेतृत्वमा तत्कालै उपलब्ध गराउने गरेको र अन्य ब्यक्तिलाई निवेदनको आधारमा समन्वय समितिको बैठकको निर्णय गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोहर दुंगानाले बताउनुभयो ।

अपाङ्गता ब्यक्तिको स्वास्थ्य परिक्षण सहितको निवेदन र समितिको निर्णयअनुसार परिचय पत्र दिने गरिएको गाउँपालिका उपाध्यक्ष केसीले बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यको सेवासुविधा उपलब्ध गराउन वडाको समन्वयमा आएको निवेदनमा रहेर अपाङ्गता परिचय पत्र वितरण गर्दै आाएको छ भने स्थानीय तह नागरिक नजिकको सरकारको रुपमा स्थापना भएको महशुश गराउन समाजका रहेका अशक्त ब्यक्तिहरुलाई लक्षित गरेर शिविर आयोजना गर्दै आएको जनाइएको छ ।

गाउँपालिकाले परिचय पत्रसंगै स्वास्थ्य अवस्था अनुसार आवश्यक पर्ने ह्विलचियर, बैशाखी लगायतको सहायता सामाग्री गाउँपालिकाले अपाङ्गता ब्यक्तिलाई उपलब्ध गराउदै आएको छ ।

Leave a Reply