????????????????????????????????????

म्याग्दीको मालिका गाउँपालिका ४ चिउरीबोटका यहाँका तीन जना बृद्धबृद्धाले चौरासी पुजाको अवसरमा विद्यालयलाई नगद सहयोग गर्नुभएको छ ।  जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित घर भई हाल युकेमा बस्दै आउनुभएका नरबहादुर पुनले एक लाख र उहाँकी श्रीमति धनमाया पुनले एक लाख तथा सोही च्युरीबोटकी लालसरी घर्ति मगरले ७० हजार रुपैयाँ सोही च्युरीबोट स्थित सिद्धार्थ माविलाई दान गर्नुभएको हो । ८२ बर्ष उमेर पुगेपछि ‘चौरासी पुजा’ गर्ने चलन छ ।

सोही च्युरिबोट घर भई पोखरा निवासी स्वर्गिय हिमप्रकाश घर्ति (पुन)को सम्झनामा श्रीमति तनमाया पुनले एक लाख रुपैयाँ विद्यालयको अक्षयकोषलाई सहयोग गर्नुभएको छ ।

हिमप्रकाशको गत बर्ष सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । उक्त आर्थिक सहयोग रकम शनिबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन,विद्यालयका प्रअ ललितबहादुर घर्ति मगर र सिद्धार्थ मावि अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई हस्तान्त्ररण गरिएको थियो ।

८४ पुजामा हुने फजुल खर्चलाई कटाएर शैक्षिक क्षेत्रको विकास होस् भन्ने उद्धेश्यले विद्यालयलाई आर्थिक रकम दान गरिएको नरबहादुर पुनले बताउनुुभयो । पुन दम्पत्तीले यस अघि पनि विद्यालयमा स्थापित अक्षयकोषलाई २५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । यसैगरी कार्यक्रमा कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुन ,विद्यालयका प्रअ घर्ति मगर र अक्षयकोषका अध्यक्ष पुनले सहयोगप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।

उहाँहरुले आर्थिक रकम दानले विद्यालय सञ्चालनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयका शिक्षक छकप्रसाद घर्ति मगरले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक जिवनकुमार पुनले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहयोगदाताहरुलाई विद्यालय, आमा समुह ,क्लब र स्थानीयबासीले सम्मान गरेका थिए ।

Leave a Reply