नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा म्याग्दीका गोविन्द्र पौडेल मनोनित हुनुभएको छ । सोमबारको केन्द्रीय कमिटिको बैठकले पौडेललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

म्याग्दीमा माओवादीको जनयूद्ध तथा पार्टीको करिब दुई दशकभन्दा बढी नेतृत्व गर्नुभएका पौडेलल पार्टीको जिल्ला इञ्चार्जको जिम्मेवारीमा रहनुभएका पौडेल संविधान सभाका सदस्य समेत हुनुहुन्छ । माओवादी शान्तिप्रक्रियामा प्रवेश गरेपछिको पहिलो संविधान सभाको निर्वाचनमा पौडेलले २३ हजारभन्दा बढी मत ल्याएर विजय हुनुभएको थियो ।

बेनी आक्रमण सहित विभिन्न फौजी गतिविधिमा समेत संलग्न पौडेलल तत्कालिन बामगठबन्धन एवम् एमाले र माओवादी मिलेर बनेको नेकपाको जिल्ला अध्यक्ष समेत हुनुभएको थियो । म्याग्दीमा बामपन्थी नेतामा पौडेल प्रखर र वौद्धिक नेताको रुपमा चिनिनुहुन्छ ।

नेकपा विभाजन भएपछि माओवादी केन्द्रको इन्र्चाज हुनुभएका पौडेलले पार्टीलाई बलियो बनाउने अभियानमा केन्द्रबाट प्राप्त जिम्मेबारीले थप सहज भएको बताउनुभयो । केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष प्रचण्डले ९७ जना केन्द्रीय सदस्यहरूको सूची पेस गर्नुभएको थियो । पौडेलकको पार्टी अध्यक्ष प्रचण्डसँग निकट सम्बन्ध रहेको छ।

Leave a Reply