हिजो आज विद्यार्थीहरु पहिलेको तुलनामा निकै फरक प्रकृतिका रहेकाले शिक्षकले विद्यार्थीको मनोविज्ञान बुझेर पढाउँनुपर्छ। विद्यालयभित्र घट्ने घटनाको पछाडी विद्यार्थीको कमजोरी भएपनि शिक्षकलाई कुट्ने अधिकार छैन् । शिक्षकले बालबालिकाको मनोविज्ञानबारे गहिरो अध्ययनको कमीका देखिन्छ ।

शिक्षकहरुलाई मनोविज्ञान सम्बन्धि बेलाबेलामा कक्षा र तालिमको समेत आवश्यकता छ भने विद्यार्थीलाई समेत शिक्षकसँग कस्तो ब्यवहार गर्ने, अनुशासनका बारेमा सिकाउनुपर्छ। विद्यार्थीलाई सिकाउँदै, पढाउँदै र दिनहुँ व्यवहारमा उतार्दै गयो भने बालबालिका कुटिने क्रम घट्दै जाने विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाको बताए ।

प्रमुख थापाले विद्यालयमा हुने घटनालाई न्यूनिकरण गर्न मनोविज्ञानबारे अध्ययन र अनुसन्धानमा समेत समय खर्चिनुपर्ने बताए । विद्यार्थीको अनुहार, उसको व्यवहार र क्षमता हेरेर शिक्षकले पढाउनुपर्ने थापाको भनाई छ । विद्यार्थी, शिक्षक र अहिलेको अवस्थाका बारेमा बेनीअनलाइनले इकाई प्रमुख थापासँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

हिजो आजका विद्यार्थीलाई कसरी लिनुहुन्छ ?
हिजो आज विद्यार्थीहरु पहिलेको तुलनामा निकै फरक प्रकृतिका रहेको अनुभूति गर्न सकिन्छ । सूचना प्रविधिको द्रुत विकास र प्रयोग,अभिभावकहरुको सुधार हुँदै गएको आर्थिक अवस्था,मोवाइल र इन्टरनेट प्रतिको लगाव र सोही अनुसार विकसित हुँदै गएको आनिबानि, ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ को कारणबाट सृजनात्मक क्षमतामा ह्रास आदि जस्ता समस्याहरु आम बालबालिकाहरुमा देखिदै गएको छ।

शिक्षकबाट किन विद्यार्थी कुटिन्छन् ?
नेपाल सरकारले आजभन्द ाकरिब १ दशक अगाडि नै गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप तयार गरिसकेको छ। यस प्रारुपको मुख्य उद्धेश्य विद्यालय शिक्षामा सवैको पहुँच बढाउने, विद्यालय प्रवेश गरेका बालबालिकाहरुलाई विद्यालयमा टिकाउने र उनीहरुलाइ गुणस्तरीय शिक्षाप्रदानगर्नु रहेको छ । विद्यालयको वातावरण कसरी बालमैत्रीबनाउने, बालमैत्री ढंगबाट कसरी शिक्षण गर्ने, बालबालिकाहरुको मनोविज्ञान लाइ कसरी बुझ्ने, बालबालिकाहरुको बृद्धि र विकास सँगसँगै आउने शारीरिक र मानसिक परिवर्तनलाइ बुझि सोही अनुसार शिक्षकले शिक्षण गर्न नसक्दा बालमैत्री विद्यालयको मर्म विपरित शिक्षकहरुबाट विद्यार्थी कुटिन्छन ।

कुटाईबाट विद्यार्थीलाई शारीरिकसँगै मनोबैज्ञानिक रुपमा कस्तो असर गर्छ त?
यसबाट शारीरिक रुपमा विद्यार्थीको अंगभंगहुन सक्ने सम्भावना त हुने नै भयो मानसिक रुपमा पनि विविध खालका समस्याहरु आउन सक्छ । शिक्षक र विद्यार्थी बीचको सम्बन्ध बिग्रने, पढाइ प्रति रुचि कम हुने, कक्षा छाड्ने, विद्यालय नै छाड्ने समस्या देखिन सक्छ । साथै यसबाट राष्ट्रिय स्तरमा कक्षा छाड्ने, कक्षा दोहो¥याउने, तह पूरा गर्ने विद्यार्थीको संख्या तुलनात्मक रुपमा बढ्दै जान्छ । शैक्षिक सूचकको अवस्था कमजोर देखिन्छ भने विद्यार्थीहरुमा विविध किसिमका मनोवैज्ञानिक समस्याहरु जस्तै एकान्त मन पराउने, टोलाउने, पढाइ लेखाइमा ध्यान नदिने, आत्मबल समेत कमजोर हुन सक्छ ।

विद्यार्थी र शिक्षक बिच कक्षा कोठामा सद्भाव पूर्ण ब्यवहार कसरी बनाउन सकिएला?
नेपाल सरकारले शिक्षकहरुलाइ लामो तथा छोटो अवधिका विभिन्न तालिमहरु प्रदान गरेको अवस्था छ । त्यसै गरी शिक्षण अध्यापन अनुमति पत्रक ालागि समेत शिक्षक तालिमको आवश्यकता पर्दछ । विद्यालय, विश्वविद्यालय स्तरमा शिक्षाशाष्त्र विषयको अध्यापन भइ आएको छ ।

यसले विद्यार्थीको मनोभावना कसरी बुझ्ने र सोहीअनुसार कसरी शिक्षण गर्ने भन्ने विषयमा ज्ञान प्रदान गर्दछ । तालिम र विद्यालय तथा विश्व विद्यालयमा सिकेका बालमैत्री, बालकेन्द्रित शिक्षण विधिको प्रयोग गर्न सकेको खण्डमा कक्षाकोठामा सद्भावपूर्ण व्यवहार हुन सक्छ । साथै यसका लागि विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक, नियामक निकायबाट पनि नियमित अनुगमन, निरीक्षण, आवश्यक स्रोतसाधनको व्यवस्था हुनु आवश्यक छ ।

शिक्षक र विद्यार्थी बिचमा नङ र मासुको जस्तो घनिष्ट सम्बन्ध हुन्छ तर, कुटाईका घटनाले दुरी बढाउने काम गरेको छ, सुधार त गर्नै पर्यो कसरी गर्ने ?

विद्यार्थी कुटपिटका सम्बन्धमा पहिलेको तुलनामा धेरै नै सुधार आएको छ। छिटपुट रुपमा अहिले सम्मपनि यस्ता घटनाहरु घट्ने गरेको पाइन्छ । यसबाट शिक्षक, विद्यार्थी, अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरुमा असर पार्दछ । यसलाई न्यूनीकरण गर्नका लागि सवैको उत्तिकै भूमिका रहेको हुन्छ ।

बालमैत्री विद्यालय प्रारुपमा भएको व्यवस्था अनुसारका विद्यालयका संरचनाहरुको निर्माण, सोही अनुसार विद्यालयमा शिक्षण गर्नका लागि आवश्यक स्रोतसाधन, तालिमका लागि तीनवटै तहका सरकारको सहयोग,तालिममा सिकेको सीपलाइ कक्षा कोठासम्म पु¥याउनका लागि शिक्षकको प्रतिवद्धता, मेहनतको आवश्यकता देखिन्छ । अनुशासन र कर्तव्य पालनाका लागि अभिभावक, शिक्षकहरुबाट विद्यार्थीहरुलाइ आवश्यक मार्ग निर्देशन, बालमैत्री शिक्षण विधिको प्रयोग, र स्वयम विद्यार्थी पनि अनुशासित, लगनशीलहुनु आवश्यक देखिन्छ ।

तपाईको बिचारमा रिस, आवेगमा आउने शिक्षकले आफुँलाई कसरी सम्हाल्न सक्छ त ?
शिक्षकले आफूलाइ विद्यार्थीसँग तुलनागर्न मिल्दैन । विद्यार्थी भनेको काँचो माटो हो त्यसलाइ कस्तो रुप दिने हो भन्ने कुरा शिक्षकको हातमा रहेको हुन्छ। शिक्षकलाइ कुचिकारसँग, फूलबारीको मालीसँग पनि तुलना गरेको पाइन्छ । फूलबारीमा अनेक प्रकारका कोपिलाहरु रहेका हुन्छन । कस्तो फूल फुलाउने भन्ने कुरा शिक्षकको सीप र मेहनतमा निर्भर गर्दछ । शिक्षकले रिस, संवेग नियन्त्रण गर्न सक्नुपर्दछ । शिक्षकका व्यक्तिगत समस्याहरु पनि रहेका हुन सक्छ। व्यक्तिगत समस्याका कारणबाट पनि यस्ता घटनाहरु घट्न सक्छन। संयमित रहनु, धैर्य गर्नु, तनाव व्यवस्थापन, समय व्यवस्थापन,द्वन्द्व व्यवस्थापन आदिपनि शिक्षकका लागि उत्तिकै महत्त्वपूर्ण रहेको छ ।

अहिलेका विद्यार्थीमा आएको परिवर्तन पनि हाम्रो चिन्ताको विषय बनिरहेको छ, विद्यार्थीबाट क्षम्य नहुने गतिविधि भएमा कुन हदसम्म सजाय दिन सकिन्छ?
नैतिक शिक्षा, अनुशासनको कमीका कारणबाट शिक्षक र विद्यार्थीहरुबीच दूरी बढेको देखिन्छ । कोभिड १९ का कारणबाट सिर्जित समस्याका कारण अनलाइन पढ्नका लागि अहिले धेरै विद्यार्थीहरुको हातमा मोवाइल देखिन्छ । छोराछोरीहरुले बिगारेको मोवाइल बनाउन सकिन्छ तर मोवाइलले विगारेको छोराछोरीलाइ बनाउन सकिदैन भन्ने विषय पनि उठान गरिएको पाइन्छ । लगनशीलता, सिर्जनशीलता हराउदै गएको देखिन्छ ।

जसले गर्दा विद्यार्थीको कारणबाट पनि विद्यालयमा विभिन्न किसिमका समस्याहरु सिर्जना हुन सक्दछ। विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापकले त्यस्तो अवस्थामा आवश्यक निर्णय गर्न सक्दछन । साथै प्रचलित शिक्षा नियमावलीमा पनि शिक्षकको आज्ञापाल नगर्नु पर्ने,आदर सत्कार गर्नुपर्ने, अनुशासित, शिष्ट व्यवहार, विद्यालयले आयोजना गरेका कार्यक्रममा सक्रियरुपमा सहभागी हुनुपर्ने, विद्यालय व्यवस्थापन समितिले निर्धारण गरेका आचारसंहिताको पालना गर्नु पर्ने जस्ता विद्यार्थीले पालना गर्नुपर्ने आचार संहिताको समेत व्यवस्था गरेको छ ।

Leave a Reply