नेपाल निजामति कर्मचारी सङ्गठनको अध्यक्षमा केसी ‘सङ्घीयता सुशासन सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने नारासहित नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीको ११औं अधिवेशन सम्पन्न भएको छ । आज (मङ्गलबार) म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनले सोमबहादुुर केसीको अध्यक्ष्ाँतामा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा भोलानाथ आचार्य, महिला उपाध्यक्षमा तेजकुमारी थापा, सचिवमा सागर सुवेदी, कोषाध्यक्षमा प्रकाश सुवेदी र सहसचिवमा कलादेवी शर्मा रिजाल चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा लक्ष्मी बानियाँ, गणेश अधिकारी, विशु खत्री, रुचेन्द्र अधिकारी, छविलाल उपाध्याय, एककुमार रिजाल, लिला थापामगर, प्रभा शर्मालगायत चयन भएको सङ्गठनका निवर्तमान अध्यक्ष चित्रनाथ शर्माले जानकारी दिनुभयो । यसैगरी अधिवेशनले केन्द्रीय प्रतिनिधिमा लिला गौतम, राजेन्द्र आचार्य, चित्रनाथ शर्मा र चन्द्रमणि सापकोटा लगायतलाई चयन गरेको छ । अधिवेशनको उद्…

Leave a Reply