नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्यसमिति म्याग्दीको छैटौं जिल्ला अधिवेशनले गोरखनाथ सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । परिषदको उपाध्यक्षमा श्रीधर सुवेदी, सचिवमा नारायण पौडेल, कोषाध्यक्षमा विष्णुकुमारी रोका, सहसचिवमा हिराबहादुर बरुवाल र कृष्णकला सुवेदी चयन हुनुभएको छ । यसैगरी परिषदको कार्यसमिति सदस्यहरुमा किसन पुन, भगवान कार्की, भगवान ढुङ्गाना, दिर्घबहादुर खड्का, विनोद केसी, बिमल बरुवाल, खगेश्वर रिजाल, टेकप्रसाद सुवेदी, कर्णबहादुर खत्री र श्यामबाबु सिंह चयन हुनुभएको बुद्धिजीवी परिषद नेपाल म्याग्दीले जनाएको छ । अधिवेशनको बुद्धिजीवी परिषदका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज विधान आचार्य र प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

No description available.

अधिवेशनको उद्घाटन गर्दै परिषदका केन्द्रीय उपाध्यक्ष आचार्यले पार्टीले नीति निर्माण, योजना तर्जुमा र अध्ययन तथा विश्लेषण जस्ता काममा बुद्धिजीवीहरुलाई परिचालन गर्नुपर्ने बताउनुभयो । एमाले केन्द्रीय सदस्य थापाले बुद्धिजीवीहरुले यसअघि एमालेको नेतृत्वमा बनेको ओली सरकारले गरेका राम्रा कामको व्याख्यात्मक विश्लेषण गरेर जनतालाई सुसूचित गराउनुपर्ने र विपक्षीले फैलाएको भ्रमलाई चिर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवं एमाले म्याग्दीका निवर्तमान अध्यक्ष हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसी, नेपाल बुद्धिजीवी परिषद्का पूर्व केन्द्रीय सदस्य तारानाथ शर्मा र परिषद् म्याग्दीका संस्थापक अध्यक्ष गोपाल रिजालले मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनको उद्घाटनसत्रमा परिषदका कार्यवाहक अध्यक्ष गोरखनाथ सुवेदीले साङ्गठनिक र कोषाध्यक्ष विष्णुकुमारी रोकाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उद्घाटनसत्र कार्यवाहक अध्यक्ष सुवेदीको अध्यक्षता, कोषाध्यक्ष रोकाको स्वागत र नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

No description available.

Leave a Reply