म्याग्दीको मंगला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा पहिलो स्थान हाँसिल गरेको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीका छ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका पहिलो बनेको हो ।

आयोगले विभिन्न १७ वटा सूचकमा १०० पूर्णाङ्क राखेर गरेको मूल्याङ्कनका क्रममा मंगलाले ६६ दशमलब ३५ अंक प्राप्त गरेको छ । आयोगले गरेको मूल्याङ्कन नतिजाको आधारमा गर्ने सिफारिस अनुसार संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट बितरण गर्छ ।

आयोगले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि देशभरका स्थानीय तहहरुको अवस्थालाई समेटेर अंक दिएको हो । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार बेनी नगरपालिकाले ६५.८९, रघुगंगा गाउँपालिकाले ६३.१०, मालिकाले ६३.६४, अन्नपूर्णले ६२.१४ र धवलागिरीले ६१.९६ अंक पाएका छन् ।

बजेट खर्च, बेरुजु, सूचना सार्वजनिक, शिक्षा, स्वास्थ्य लगायत सेवाको अवस्था लगायत १७ वटा सूचकको आधारमा स्थानीय तहलाई नम्बर दिइएको आयोगले जनाएको छ । आयोगका अनुसार म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले ७२.५१ अंक पाएको छ ।

Leave a Reply