---Advertisement---

गायक रवि कार्कीको साईली सलक्कै बजारमा (भिडियो सहित)

On: March 10, 2022 10:10 PM
Follow Us:

म्याग्दीका लोकप्रिय हाँस्यव्यङ्ग्य एवं लोकदोहोरी कलाकार रवि कार्कीको लोकदोहोरी ‘साईली सलक्कै’ बजारमा आएको छ । मायाँ प्रेममा आधारित मौलिक लय र शव्दमा रहेको उक्त गीतको म्युजिक भिडियो विहिबार गायक कार्कीको आफ्नै युटुव च्यानलबाट मार्फत सार्वजनिक भएको हो ।

गायक कार्की र पछिल्लो समयकी चर्चित लोक दोहोरी गायीका शान्तिश्री परियारको सुमधुर स्वरमा रहेको गीतको म्युजिक एरेन्ज आशिष अविरलले गर्नुभएको हो भने स्टुडियो रागमा अडियो रेकर्ड तथा सम्पादन गरिएको हो । मौसम हिमालीले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र जुना सुन्दासको अभिनय देख्न सकिन्छ ।

 

गीत मौलिक भएकाले भिडियो पनि मौलिकपनमै तयार गरिएको छ । गण्डकी क्षेत्रतिर निकै प्रचलित पुरानो मौलिक भाका तथा थेगोलाई टपक्कै टिपेर शव्दहरु परिमार्जित गर्दै गीत बजारमा ल्याएको गायक कार्कीले बताउनुभयो । ‘यो गितमा गरेको मेहनतलाई मायाँ गरिदिनुहुन्छ भन्ने आशा छ,‘मौलिकतालाई संरक्षण र सम्वद्र्धनमा टेवा पुगेको छ’ गायक कार्कीले भन्नुभयो ।

बेनपा–५, भिरमुनी घरभई हाल जापानमा रहनुभएका लोकप्रीय सर्जक प्रविण खत्री ठूलेले गीतको शव्द सृजना गर्नुभएको छ । साईली सलक्कै भाका आफुँ सानै उमेरमा सुनेको र जनजिव्रोमा प्रचलित रहेका भाकालाई लोप हुन नदिने उद्देश्य अनुरुप गीत बजारमा ल्याइएको सर्जक खत्रीको भनाई छ ।

गायक कार्की र सर्जक खत्रीले यसअगाडी समेत ‘मायाँ के रैछ’ बोलमार्फत दर्शकको मन जित्न सफल हुनुभएको छ । प्रेम र गाउँले परिवेशमा मार्मिक कथालाइ बुनेर सार्वजनिक भएका गितको सफलता मिलेको गायक कार्कीको भनाई छ । म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरका कार्कीको यसअगाडी ‘जाम सुस्तै’ बोलको लोक दोहोरी गीत करोड कल्वमा प्रवेश गरेको थियो भने ‘माया के रैछ, ‘बेनी बजार झर मायालु,’ गलेश्वरको दर्शन लोक भजन लगायतका गित लोकप्रिय भएको थियो ।

गायक कार्की जिल्लामै रहेर राष्ट्रिय स्तरको कलाकारको पहिचान बनाउन सफल हुनुभएको छ । बैदेशिक रोजगारीबाट फर्किएपछि कार्की मेला, महोत्सवमा समेत ब्यस्त हुने गरेपनि कोरोनाको लहरसँगै स्टेज कार्यक्रम स्थगित भएपछि सामाजिक सञ्जाल र टिकटकमार्फत समेत गितसंगितमै ब्यस्त हुनुहुन्छ ।