शैक्षिक बेरोजगार न्यूनीकरणका लागि दुई महिने लोकसेवा र शिक्षा सेवा आयोगको तयारी कक्षा तयारी कक्षा प्रशिक्षण शुरु गरिएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा लोक सेवा आयोग (राजपत्र अनंकित प्रथम श्रेणी,प्रशासन सेवा) र शिक्षक सेवा आयोग (आधारभूत तह) तयारी कक्षा सञ्चालन बिहिबारदेखि सञ्चालन भएको हो ।

तालिमको उद्घाटन गदैं रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिक्षित युवायुवतीलाई लक्षित गरिएको तालिममार्फत सरकारी सेवामा प्रवेशलाई सहज भएको बताउनुभयो । ‘निजामति क्षेत्रमा म्याग्दीको उपस्थिति बलियो भएमा जिल्लाको विकासमा समेत सहज हुने देखिएको छ,‘हाम्रो जिल्लाको उपस्थिती कमजोर भएकै कारण सरकारी सहयोगका लागि धेरै प्रक्रिया झेल्नुपरेको छ’ अध्यक्ष भण्डारीले भन्नुभयो ।

नेपाल सरकारका विभिन्न परीक्षामा यहाँको जनशक्ति उत्कृष्ट भई सरकारी सेवामा कार्यरत हुनका लागि सघाउ पुग्ने विश्वास लिएको अध्यक्ष भण्डारीको भनाई थियो ।लोक सेवा आयोग र र शिक्षक सेवा आयोगका परीक्षा उत्तिर्ण गरि विभिन्न सरकारी कार्यालयहरु तथा विद्यालयहरुमा कार्यरत स्रोत व्यक्तिहरुवाट करीव २ महिनासम्म कक्षाहरु सञ्चालन हुने क्याम्पसका सहायक प्रमुख श्रीधर सुबेदीले बताउनुभयो ।

तयारी कक्षाको उद्घाटन कार्यक्रमको अध्यक्षता संचालक समितिको उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ,क्याम्पसक प्रमुख गोरख बहादुर जिसीको स्वागत तथा सहायक क्याम्पस प्रमुख सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा करिब १ सय ५० जनाको सहभागिता छन भने बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन भइरहेको छ ।

Leave a Reply