गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको निर्वाचनका लागि म्याग्देली चेली रविना थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ६ मराङ माइती घर भई हाल अमेरिकामा बसोबास गर्ने थापाले अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा. बद्री केसीसँग प्रतिस्पर्धा गर्नुहुने भएको छ ।

त्यस्तै एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट म्याग्दीकै दलिवल खड्काले समेत उम्मेदवारी दिनुभएको छ । अन्नपूर्ण गाउँपालि ६ घारका खड्का मोनाको सल्लाहकार तथा विभिन्न सामाजिक संस्थामा आवद्ध हुनुहुन्छ । थापा मोना लगायत म्याग्देली आवद्ध रहेको संघसंस्थामा समेत संलग्न भई विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यरत हुनुहुन्छ ।

एनआरएनएको उपाध्यक्षमा विजेता थापाले एनआरएनएको इतिहासमा महिलाको नेतृत्वका लागि उम्मेदवारी दिएको बताउनुभयो । मनोनयन दर्ता शुक्रबार साँझ ५ बजे सम्म जारी रहेकाले थप उम्मेदवारी नपरेमा थापा र केसी । खड्काको चीनबाट नवीन विकसँग बिच नै प्रतिस्पर्धा हुने छ ।

केसीलाई संस्थापन पक्षको साथ छ भने थापालाई सदस्यता वितरणमा धाँधली गरेको आरोप लगाउँदै असन्तुष्ट जनाइरहेको टोलीले साथ दिने अनुमान गरिएको छ । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य भने संघको १० औं महाधिवेशनमा छानिएका करिब ५ सय भन्दा बढी प्रतिनिधि खारेजीको माग गरेकाले उम्मेदवारी दिनुभएको छैन् । संस्थापन पक्षले आफ्नो अनुकुलका देशमा मनपरी प्रतिनिधि थपेकाले महाधिवेशन निस्पक्ष हुनेमा आशंका गरिएको छ । संघको नयाँ नेतृत्वको लागि अनलाइन मार्फत निर्वाचन गराउने जिम्मा अष्ट्रेलियन कम्पनीले जिम्मा लिएको छ ।

Leave a Reply