म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको सरस्वति आधारभूत विद्यालयमा दिवङ्गत छोरीको स्मृतिमा पत्रकार धुब्रसागर शर्माले अक्षयकोष स्थापना गर्नुभएको छ।

क्यान्सरको उपचारको क्रममा निधन भएकी विनिता शर्माको स्मृतिमा पत्रकार शर्मा र धर्मपत्नी अम्बिका शर्माले शुक्रबार विब्यस अध्यक्ष चित्रबहादुर रिजाल,प्रधानाध्यापक छेमबहादुर पुनलाई नगद हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा स्टेशनरी साम्रागी समेत वितरण गरिएको थियो ।

विद्यालयको स्तरोन्नति तथा विकासको लागि आर्थिक अभियान अभियान सञ्चालन भइरहेको अवस्थामा कोष स्थापना गरी सहयोग गरेको पत्रकार शर्माले बताउनुभयो। कोषबाट गरीब, विपन्न, जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई सहयोग गरिने छ ।

‘छोरीको उपचारमा सहयोग गर्ने सम्पूर्णप्रति आभारी छु,‘उनको अधुरो चाहना पुरा गर्न सहयोग गरेका छौ’पत्रकार शर्माले भन्नुभयो । उहाँका अनुसार स्वदेश तथा विदेशबाट प्राप्त सहयोगमा बचत ६३ हजारमा थप गरी कोष स्थापना गरिएकाले भविस्यमा ५ लाखसम्म पु¥याउने प्रतिबद्धता जनाउनुभयो।

कोष स्थापनाको अवसरमा शैक्षिक स्तरबृद्धि तथा आर्थिक सहयोग संकलन समितिका संयोजक कृष्णबहादुर थापा, कृषि बैज्ञानिक मदन थापा, विद्यालयका सल्लाहकार चन्द्रबहादुर घिमिरे, पूर्व प्रअ भद्रबहादुर घिमिरे लगायत स्थानीयको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता रिजाल, स्वागत शिक्षक प्रेमबहादुर कार्की र सञ्चालन शिक्षिका घनदेबी घर्तीले गर्नुभएको थियो ।

Leave a Reply