बेनीमा प्रधान कार्यालय रहेको म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.ली को अध्यक्षमा लालबहादुर थापा (माइकल) चयन हुनुभएको छ । कम्पनीको शुक्रबार बेनीमा भएको प्रथम अधिवेशनले तदर्थ समितिका अध्यक्ष थापालाई नै अध्यक्षमा सर्वसम्मत नेतृत्व दिएको हो । समितिको सञ्चालकहरुमा सुमन श्रेष्ठ, जानबहादुर के.सी, कृष्णबहादुर घर्ति, चन्द्रबहादुर क्षेत्री, नायायण थापा र छत्रराज थापा चयन हुनुभएको हो ।

तत्कालीन म्याग्दी यातायात व्यवसायी समितिका संस्थाक अध्यक्ष गोपाल भट्टचनको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा सहभागीहरुले इन्धनको मुल्यवृद्धि अनुसार यातायातको भाडादरमा समायोजन गर्नुपर्ने बताउनुभयो । कार्यक्रम सडकको स्तरोन्नती र सुधार गर्न दवाव दिनुपर्ने लगायतका विषयमा छलफल भएको कम्पनीका कार्यालय प्रमुख देबेन्द्र पौडेलले जानकरी दिनुभयो ।

कम्पनीमा म्याग्दीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारीका धनीहरु छन् । सरकारले यातायात व्यवासयी समितिलाई खारेज गरेर कम्पनीमा रुपान्तरण गर्ने निति ल्याएपछि म्याग्दी यातायात कम्पनी प्रा.ली बनेको हो । कार्यक्रममा समुन श्रेष्ठको सञ्चालन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्याक्रममा कर्मचारीको तर्फबाट सोहन श्रेष्ठ विश्वास, व्यवसायीको तर्फबाट राजकुमार थापा, खुमबहादुर थापा लगायतले बोल्नुभएको थियो ।

 

Leave a Reply