नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीले जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुक्रवार बेनीमा सम्पन्न गरेको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपमहासचिब एवम् स्कुल विभागका प्रमुख प्रदिप ज्ञवालीले पार्टीको मुल्य, मान्यता र सिद्धान्तलाई जनतामाझ लैजान जनताको घरदैलोमा पुग्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले महाधिवेशनबाट पारित भएको पार्टीको कार्यदिशा, सांगठनीक अवस्था, समाजवादको आधार लगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो । त्यसैगरि स्कुल विभागका उपप्रमुख एवम् पार्टी पोलिटव्युरो सदस्य इश्वरी रिजालले स्थानीय तह निर्वाचनको कार्ययोजना र रणनीतिबारे प्रशिक्षण गर्नुभएको थियो ।

जिल्ला कमिटीका सदस्य एवम् पदाधिकारी, पालिका कमिटीका पदाधिकारी, प्रदेश कमिटीका सदस्य र जनसंगठनका जिल्ला स्तरका अध्यक्षहरु लगायतलाई एक दिने निर्वाचन बिशेष प्रशिक्षण दिईएको उपाध्यक्ष बालकृष्ण सुवेदी दिनुभयो ।  जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम एमाले म्याग्दीका अध्यक्ष केसीको अध्यक्षता,उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र सचिब सुरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो । आगाीम चैत ४ देखि ८ गतेसम्म जिल्लाका ६ वटै स्थानीय तहमा पालिका स्तरको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ ।

Leave a Reply