म्याग्दीको बेनी नगरपालिका-४, बास्कुनाका लाल केसीले गैरआवासी नेपाली संघ (एनआरएनए) को ओसिनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी दिनुभएको छ । न्यूजील्याण्ड निवासी केसीले निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।

न्यूजील्याण्ड एनसीसीको नेतृत्व सहित आधा दर्जन संघसंस्थामा आवद्ध रहनुभएका केसीसँग संस्थागत नेतृत्व र सहकार्यको राम्रो अनुभव छ । बास्कुनामा सुन्तला खेती समेत गरिरहनुभएका केसी न्यूजील्याण्डमा केबी खेतीका लागि प्रख्यात हुनुहुन्छ। न्यूजील्याडको नेतृत्व तहमा बसेर काम गर्दा धेरै कुरा सिकेको र संस्था बुझ्ने मौका पाएको केसी बताउनुभयो ।‘संस्थामा लामो समय बसेर काम गरियो।

ओसिनिया क्षेत्रमा रहेका नेपालीका समस्यालाई नजिकबाट बुझेको छु,’ उहाँले भन्नुभयो । ‘ओसिनियाको नेतृत्व सम्हाल्न म ‘कन्फ्यूज’ छैन’ केसीले थप्नुभयो । अष्ट्रेलियाले यसअघिका दुई कार्यकाल ओसिया क्षेत्रको नेतृत्व गरिसकेको बताउँदै केसीले यसपटक न्यूजील्याण्डलाई दिनुपर्ने केसीको तर्क छ । केसीलाई न्यूजील्याण्ड र अष्ट्रेलियाका अधिकांश प्रतिनिधिको साथ रहेको छ । संघको निर्वाचन २१ र २२ मार्चमा अनलाइनमार्फत हुँदैछ।

 

Leave a Reply