म्याग्दीको बेनी नगरपालिका-४,बास्कुनाका ४ महिनाका एक बालकको मुटुको उपचारका लागि अमेरिकाबाट सहयोग गरिएको छ । बेनपा–४ घरभई हाल अमेरिकामा रहनुभएका इन्द्र र सवि थापाले पृजन विकको उपचारमा बास्कुनाकी चन्द्रा घले गुरुङ मार्फत २० हजार सहयोग हस्तान्तरण गर्नुभएको छ ।

मुटुमा प्वाल परेपछि हाल नियमित औषधी सेवनमा समेत आर्थिक अभावले समस्या भएपछि उपचारमा सहज बनाउन सहयोग गरेको समाजसेवी थापा दम्पत्तीले बताउनुभयो ।

मुटुमा प्वाल परेपछि नेपाल नेशलन अस्पतालमा उपचारर्थ बालकलाई थप सहयोग जुटाउने अभियान जारी रहेको स्थानीय संयोजकर्ता चन्द्रा घले गुरुङको भनाई छ ।

सहयोग रकम पाएपछि बलिकाकी आमाले छोरालाई उपचारका लागि अस्पतालमा पुर्याउनु र एक वर्ष भित्र मुटुको शल्यक्रिया गर्न सहज हुने बताउनुभयो ।

आफ्नो आर्थिक क्षमताले छोराको उपचार गर्न नभ्याउँने भन्दै सहयोगका लागि पीडित बालकका आफन्तले अपिल समेत गरेका छन् । मुटुको उपचारपछि पनि नियमित महंगो औषधी र समय समयमा चेकजाँच गर्नुपर्ने भएकाले समेत विपन्न परिवारलाई उपचारमा हम्मेहम्मे हुने गरेको छ ।

Leave a Reply