समाजसेवी सबी थापाले आफ्नी स्वर्गीय आमाको स्मृतिमा एक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४,थामडाँडामास्थित भृकुटी आधारभुत विद्यालयमा ‘भिमकुमारी महत स्मृति कोष’ अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयमा अध्ययनरत गरीब, विपन्न, जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई लक्षित उक्त छात्रवृत्ति अक्षयकोषको स्थापना गरिएको स्थानीय चन्द्रा घले गुरूङले जानकारी दिनुभयो ।

बेनपा–४ स्थायी घर भई हाल अमेरिकामा रहनुभएका इशा फाउण्डेशनका संस्थापक सबी थापा र इन्द्र थापाले विद्यालयकौ शैक्षिक उन्नयन तथा विपन्नको शिक्षादीक्षामा सहज हुने गरी स्थापना गरेको कोषमा शनिबार १ लाख जम्मा गरिएको छ ।

शनिबार विद्यालयमा आयोजित भेलाले अक्षय कोष सञ्चालनका लागि विद्यालयका प्रअ शेरबहादुर गुरुङको अध्यक्षतामा स्टुटी सुबेदी, चन्द्रा घले गुरूङ, अमर गुरुङ, गोपाल बानियाँ, पुर्णबहादुर गुरुङ र इन्द्र बहादुर थापा क्षेत्री रहेको समिति समेत बनाइएको छ । त्यस्तै अक्षय कोष सञ्चालनका लागि पत्रकार हरिकृष्ण गौतम, प्रमोद शर्मा सदस्य रहेको कार्यविधि निर्माण उपसमिति बनाइएको छ ।

इशा फाउण्डेशनका संस्थापक सबी थापा र इन्द्र थापा

कार्यक्रममा विद्यार्थीलाई आर्कषित गर्न विभिन्न पुरस्कार सहित सेवासुविधामा समेत जोड दिनुपर्ने अवस्थामा अक्षय कोषले सहज भएको विद्यालयका प्रअ गुरुङले बताउनुभयो ।  कार्यक्रममा वडा सदस्य देब गुरुङले अक्षयकोष स्थापना गरेर विद्यालय परिवारलाई ज्यादै गौरवान्वित बनाएको बताउनुभयो।

यसैबीच नयाँ बर्षको उपलक्षयमा इशा फाउण्डेशन म्याग्दी शाखा गठन सहित विद्यालयमा भब्य कार्यक्रम गरिने जनाइएको छ । कोषबाट बार्षिक रुपमा विभिन्न कार्यक्रम गर्ने निर्णय समेत भएको छ । कोषका दाता थापा दम्पत्तीले म्याग्दीमा विपन्नको उपचार, अभिभावकविहिन बालबालिकाको उच्च शिक्षासम्मको शैक्षिक अभिभावकत्व ग्रहण गदैं आउनुभएको छ ।

Leave a Reply