मुस्ताङको कालिबराह मन्दिर तथा कुण्ड संरक्षण समितिको अध्यक्षमा बिमला गौचन चयन भएकी छन्। मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ स्थित धम्पुका मुखिया सपुत शेरचनको अध्यक्षतामा शुक्रबार सम्पन्न आमभेलाबाट गौचन अध्यक्षमा चयन भएकी हुन् ।

संरक्षण समितिको उपाध्यक्षमा सपुत शेरचन ,कोषाध्यक्षमा सुर्जा गौचन ,सदस्य सचिवमा प्रमिस गौचन ,सहसचिवमा विशन पुर्जा चयन भएका छन् । यस्तै सदस्यहरुमा विनोद नेपाली ,महेन्द्र गौचन,गोबिन्द विक र थममाया पुन रहेका छन् । यसैगरी सल्लाहकारहरुमा पुर्वमन्त्री रोमी गौचन थकाली ,वडा अध्यक्ष चन्द्रबहादुर शेरचन ,वडा सदस्य यसबहादुर गौचन ,समाजसेवी नरसिङ शेरचन र वडा सदस्य केशु पुर्जा मगर रहेका छन् ।

अध्यक्ष गौचनले बराह कुण्ड सम्म जाने बाटो निर्माणमा ईआइए गर्न सम्बन्धि निकायलाई पहल गर्ने बताइन् । उनले केवलकारको लागि पहल गर्ने समेत बताइन् । यसैगरी कुण्डसम्म जाने बाटो र मन्दिर निर्माण तथा व्यवस्थापनको लागि कार्यसमितिलाई जिम्मेवारी दिने निर्णय गरिएको छ । होटल व्यवसायी समेत रहेकी गौचन महिला संघ म्याग्दीकी अध्यक्ष र कांग्रेस गण्डकी प्रदेश समिति सदस्य पनि हुन्।

Leave a Reply