म्याग्दीको धवलागिरी गाउँपालिका-३,मुनामा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा गाउँपालिकाको सहजिकरणमा मुनामा आयोजित नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन तथा शिविरमा साढे दुई सयले सेवा लिएका छन् । शिविरमा दिर्घरोगी, नसा, वाथ, पायल्स, कब्जियत, नसा च्यापिएको, युरिक एसिड जन्डिस,दम ब्लड प्रेसर,सुगर स्त्रीरोग लगायतका विरामीहरुलाई स्वास्थ परिक्षण सहित र निःशुल्क औषधि बितरण गरिएको कार्यालयका लेखापाल सुबासचन्द्र पौडेलले जानकारी दिनुभयो । शिविरमा बिरामीलाई नियमित औषधी सेवन तथा स्वास्थ रहन आवश्यक दैनिकी, खानपिनका बारेमा समेत जानकारी गराइएको थियो । कार्यालयमा निमित्त प्रमुख दामोदर शर्मा,आयुर्बेद चिकित्सक सन्देश अधिकारी सहित ५ जना र प्रशासनीक सहित ८ जनाको टोलीले सेवा दिएका थिए। शिविरमा ताकम, मुना, लुलाङ, मुदी लगायतका क्षेत्रबाट बिरामी आएको चेकजाँचका लागि आएका थिए । बिरामीको उपचारमा स्थानीय जनप्रतिनिधि सहितको टोलीले समेत सहयोग गरेको कार्यालयले जनाएका छन् ।

Leave a Reply