????????????????????????????????????

म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौैं साधारणसभा सम्पन्न भएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा एक कार्यक्रमका विच इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको हो । दरबाङ ईङ्गलिस बोर्डिङ स्कुलको प्राङगनमा भएको साधारणसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले गर्नुभएको हो ।

उहाँले उद्योगी व्यवसायीलाई गाउँपालिकाले संरक्षण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले सुरुवातदेखि नै उद्योगी व्यवसायीको हितमा केन्द्रित भएर गाउँपालिकाले काम गर्दै आइरहेको बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले संघ,प्रदेश र स्थानीय सरकारले उद्योगी व्यवसायीलाई उपेक्षा गरेको बताउँदै कानुन अनुसार आत्मसम्मानको साथ व्यवसाय गर्ने बातावरण सिर्जना गरिदिनुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष सन्तोष सुवेदीले संघियता अनुसार स्थानीय तहलाई सबै अधिकार प्राप्त नहुँदा व्यवसायीहरुलाई सेवा प्रदान गर्न नसकिएको बताउनुभयो ।

????????????????????????????????????

कार्यक्रममा मालिका इकाईका सभापति लेकबहादर पुनले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विकास निर्माण ,व्यवसायीहरुको हकहित र आपतकालिन अवस्थामा इकाईले सहयोग गर्दै आइरहेको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुलाई स्थानीय तहबाट सेवा सुविधा प्रदान गर्ने उद्धेश्यले गाउँपालिकाको सात वटै वडामा निकट भविष्यमा संघको बजार इकाई उपसमिति गठन गर्ने योजना रहेको बताउनुभयो ।

????????????????????????????????????

इकाईका पुर्व सभापति मोतिराज गौतम ,मंगला इकाईका अध्यक्ष राजु पाण्डे ,पश्चिम नेपाल सहकारीका आर्थिक प्रवन्धक मेघराज शर्मा ,हुलाकचोक टोल सुधार समितिका अध्यक्ष शेरबहादुर पुन लगायतले बोल्नुभएको थियो । इकाईका सचिव अमृत सापकोटाले संचालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष बेदिराम सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष खड्क छन्त्यालले समापन गर्नुभएको थियो । कार्यक्रममा हितकोष रकम हस्तान्तरण गरिएको थियो । यसैगरी कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्य, द्धितिय उपाध्यक्ष लिलाराम गौतम लगायत स्थानीय व्यवसायीको सहभागिता रहेको थियो ।

Leave a Reply