म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,शिखकी सुष्मा छिनाल ग्राहकको अर्डर लिन्छिन्, काउन्टरमा बस्छिन्, परिकार लिएर होम डेलिभरीमा जान्छिन् । उनी विहानदेखि रातीसम्म होटलको काममा ब्यस्त हुन्छिन् । छिनाल जस्तै पश्चिम म्याग्दीको मालिका गाउँपालिका-७ विमकी रबिना दर्जीको दैनिकी पनि उस्तै छ।  म्याग्दी बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र शंकायमा स्नातकतह प्रथम बर्षमा अध्ययनरत छिनाल र दर्जीको सर्घष निकै लोभलाग्दो छ ।

चरम गरिबीकै कारण पठनपाठनमा परेको समस्यालाई दुबै जनाले टार्न मात्रै सफल भएका छैनन् पढाईकै लागि सर्घष गरिरहेका छन् । बेनी नगरपालिका-७, इन्दे्रणी टोलमा रहेको होटल लगईनमा वेटर बनेर नै दुबै जनाले कक्षा १२ सम्मको पढाईलाई सजिलै पार गरेपछि पनि शिक्षा र रोजगारलाई निरन्तरता दिएका छन्।

कक्षा कोठामा सँगै बस्ने साथीहरुलाई पढाईको मात्रै चिन्ता हुदाँ छिनाल र दर्जीले भने पढाईसँगै जागीर सँगसँगै लगेका छिनाल र दर्जीले विना प्रशिक्षण वेटरको भूमिकामा ब्यस्त छन् ।

‘पढाई र जागिरलाई सँगै लगेका छौ,‘काम गदैं जाँदा प्रशिक्षणको जरूरत नै परेन’दर्जीले भनिन् । किसानी मावि विमबाट २०७४ सालमा एसईई पास गरी उच्च शिक्षाका लागि बेनी झरेकी रविनालाई पढाई खर्च कसरी जुटाउने भन्ने चिन्ताले पिरोलीरहेको अवस्थामा अहिले पढाईलाई पुग्ने गरी काम गरिरहेकी छन् ।

वैदेशिक रोजगारबाट फर्किएका मंगला गाउँपालिका ४ बरंजाका ललिन्द्र थापा र गरिमा पुनले समेत कर्मचारीभन्दा पनि सहयोगीको रुपमा निरन्तर साथ दिएकाले पनि छिनाल र दर्जीलाई सहज भएको छ । ५ बर्षको कलिलो उमेरमै वुवाले अर्की विहे गरेर घरबाटै निस्किएपछि परिवारको जिम्मेबा्री सम्हालेकाले सानोतिनो समस्याले उनलाई छुदैन् ।

कलिलै उमेरमा आमाको कठोर संघर्षलाई नजिकबाट हेरेकी सुष्मालाई अहिले सहज भएको छ । अन्नपूर्ण गाउँपालिका कार्यपालिका सदस्य समेत रहुनभएकी सुष्माकी ठूलीआमा बिष्णु परियारले होटल लगईनकी संचालिका गरिमा पुनसंग काममा लगाईदिने सम्वन्धी कुरा गरेपछि उच्च शिक्षा अध्ययन गर्ने ढोका खुलेको सुष्माको भनाई छ ।

‘दुखले काम सिकायो, कामले शिक्षालाई सहज भयो,‘होटल नभई आफ्नै घर सम्झिएर काम गरेका छौ’ सुष्माले भनिन् । किचनमा पकाउने, कपडा धुने, कोठा सरसफाईदेखि वेटरको कामसँगै नियमित पढाईले समय दिन वितेको थाहा नहुने उनको भनाई छ । दुवै जनाले पढाईको खर्चबाट बचत भएको रकमलाई होटलमा काम गर्न थालेपछि पढाई खर्च जुटाउन देखि लिएर घर खर्चसम्म पुर्याउने गरेका छन् ।

रविना र सुष्मा दुवैको लक्ष्य शिक्षक बनेर सेवा गर्ने रहेको छ। असिमित चाहनाहरू घुमिरहेपनि दुबैले भविष्यमा शिक्षक बन्ने लक्ष्य लिएर मेहनत गरिरहेकाले पढाईमा ध्यान दिने गरेको बताउँछन् । यता कर्मचारीको रुपमा होइन परिवारकै सदस्यका रुपमा दुइ वहिनीहरुलाई व्यवहार गरि उनीहरुको शिक्षा र समस्यामा आफुले सधै सहयोग गर्दै आएको होटल लगईनका संचालक थापाले बताए । उनले दुबै जनाको लक्ष्य प्राप्तीमा आवश्यकता परेमा सहयोग गर्ने बताए । अमित विश्वकर्माको सहयोगमा

Adv

 

Leave a Reply