अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई ४ स्वर्ण सहित १९ पदक

On: March 13, 2022 6:40 PM
Follow Us:

गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीले स्वर्ण, रजत र काँस्य गरी १९ पदक जितेको छ । पोखरामा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीबाट सहभागाी भएका खेलाडीमध्ये ४ स्वर्ण, ४ रजत र ११ काँस्य पदक जित्दै सम्रग प्रदेशमै दोस्रो स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा ममता गर्बुजा, इशा गर्बुजा, दिपेश पुर्जा, कृतेश शर्माले स्वर्णपदक जित्न सफल भएको प्रशिक्षक कर्ण प्रदानले बताए । उनका अनुसार प्रतियोगितामा कनक प्रधान, सुस्मिता दर्जी,सोमा बुढा मगर, रस्मी श्रेष्ठले रजत पदक जितेका छन्।

त्यसैगरी काँस्य पदकमा राजकुमार परियार,इकल रोका,मिलन घिमिरे, प्रमोद परियार,सोयता शाक्य, दिपिका पाईजा, सन्जिता गुरुङ, रन्जिता तामाङ, रोहित पटेल, दिवान थापा, आनन्द पाईजा रहेका छन् । विजेताले प्रमाणपत्र, मेडल प्राप्त गरेका छन् । प्रतियोगितामा स्वर्णपदक विजेताले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छन् ।

‘म्याग्दीले यसपटक उत्साहजनक सहभागीता जनाएको छ,‘कास्कीसँगै प्रतिस्पर्धाको नजिक पुग्नु तेक्वाडो खेलाडीको ठूलो सफलता हो’प्रशिक्षक प्रधानले भन्नुभयो । म्याग्दीले राष्ट्रिय प्रतियोगितामा समेत उत्कृष्ट खेल देखाउन आवश्यक तयारी गरेको खेलकुद विकास समितिले जनाएको छ ।