बागलुङ-जिल्लाका एक युवा परिवारको सम्पर्क बिहिन बनेका छन । बागलुङ नगरपालिका वडा न .३ नुवाराका ४० बर्षिय रामु कार्की घरबाट हराएका छन । फागुन १७ गते घरबाट निस्केका कार्की अहिलेसम्म परिवारको सम्पर्क बिहिन बनेको कार्कीका भिनाजु सन्तोष खत्रीले बताउनुभयो ।

करिव ५ फिट अग्ला गहु गोरो रहेका कार्की पछिल्लो समयमा मानसिक रुपमा अस्वस्थ्य रहेको परिवारले जनाएको छ । कार्कीले परिवारका सदस्यलाई कुनै पनि जानकारी नदिई घर छोडेको खत्रीले बताउनुभयो । सबै तिर आफन्तकोमा खवर ग¥यौ,खत्रीले भन्नुभयो,अहिले सम्म कुनै जानकारी पाएनौ ।

कार्कीको केहि दिन अगाडि सामाजिक संजाल टिकटकमा काठमाण्डौको फुटफाटमा मानसिक रुपमा पिडित भएको अवस्थाको भिडियो देखियो, खत्रीले भन्नुभयो,खोजी गर्दा कुनै जानकारी पाउन सकिएन । हाल सम्म पनि घरपरिवारसग सम्पर्क नभएको कारण फेला पार्नुहुने व्यक्तिहरुले प्रहरीकोमा वा आफन्तको मोवाईल नम्बर ९८६४६५६९३० मा फोन गरि सहयोग गर्न परिवारले सबैसग याचना गरेको छ ।

Leave a Reply